विषादी हालेर पकाइएका फलफूल खाँदा स्वास्थ्यमा पर्छ यस्तो गम्भीर असर « Khabarhub

विषादी हालेर पकाइएका फलफूल खाँदा स्वास्थ्यमा पर्छ यस्तो गम्भीर असर


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फल प्राकृतिक तवरले विस्तारै पाक्छ । तर पनि धेरैले पाक्न लागेको फल एकै पटक पकाउन रसायनहरुको प्रयोग गर्छन् ।

विषेशगरी व्यापारिक प्रयोजनका लागि फलफूललाई रसायनको प्रयोग गरेर पकाउने चलन छ । यसरी फलफूल पकाउँदा धेरै क्याल्सियम कार्वाइड रसायनको प्रयोग भएमा यसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछ ।

क्याल्सियम कार्वाइड रसायनबाट उत्पन्न हुने इसिटिलिन ग्याँस स्टील धातु वेल्डिङ गर्न प्रयोग गरिन्छ । यो ग्याँसले मानिसमा क्यान्सर हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

फलफूललाई पकाउन क्याल्सियम कार्वाइडको प्रयोग गरेमा त्यस्ता फलफूलले शरीरलाई फाइदा भन्दा पनि वेफाइदा बढी गर्छ ।

रसायन मिसाएर पठाएको फलफूलले हुने असर

– मुखमा अल्सर हुने,

– आमाशय पोल्ने,

– आमाशयमा चिडचिडापन हुने,

–पेट दुख्ने,

– झाडापखाला लाग्ने समस्या हुन्छ ।

क्याल्सियम कार्बाइड रसायनको प्रयोगबाट पकाइएका फलहरु आँप, केरा, मेवा आदि हुन् । रसायनीक पदार्थ हालेर पकाइएको फलफूलले टाउको दुख्ने, रिङ्गाटा लाग्ने, निद्रा लागिरहने तथा मानसिक रोग तथा समस्या आउन सक्छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ६ : ३७ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय