१३ विद्यालयलाई नमुनाका रुपमा विकास गरिने « Khabarhub

१३ विद्यालयलाई नमुनाका रुपमा विकास गरिने


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले १० जिल्लाका कम्तीमा पनि १३ विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्ने भएको छ । 

एक जिल्ला एक नमुना विद्यालय भौतिक पूर्वाधार निर्माण एवं शिक्षण सिकाइ सुधार शिक्षकको पेसागत सहयोग कार्यक्रममार्फत उक्त विद्यालय छनोट गरिएको शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले जानकारी दिए। 

सार्वजानिक शिक्षा सुधारसम्बन्धी कार्यविधि २०८० अनुसार प्रस्ताव पेस गरेका विद्यालयमध्ये मन्त्रीस्तरीय निर्णयबाट १३ विद्यालय छनोटमा परेका निमित्त निर्देशक हमालले जानकारी दिए।

सुर्खेत, दैलेख, डोल्पा, जुम्ला, कालीकोट र मुगुमा एक-एक विद्यालय छनोटमा परेका छन् भने जाजरकोट, सल्यान र रुकुमपश्चिममा दुई-दुई विद्यालय निर्माण गर्न छनोट गरिएको छ । 

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  २ : ५३ बजे

तिहारका लागि मखमली फूल टिप्दै भक्तपुरका किसान (तस्बिरहरू)

काठमाडौं– तिहार नजिकिएसँगै भक्तपुरको गुन्डुका किसानलाई मखमली फूल टिप्न र

विवादमा परेका सर्वोच्चका न्यायाधीश फुयाँल बिदामा

काठमाडौँ– विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयाल चार दिनका

युक्रेनमा रुसी हवाई आक्रमण, २६ जनाको मृत्यु

किभ– युक्रेनको जापोरिज्जिया क्षेत्रमा मानवीय सहायता वितरण भइरहेको विद्यालयलाई लक्षित

सोलुखुम्बु हेलिकप्टर दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

सोलुखुम्बु– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किँदा

माधव नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार