आयरल्यान्ड ए माथि नेपाल ए को रोमाञ्चक जित « Khabarhub

आयरल्यान्ड ए माथि नेपाल ए को रोमाञ्चक जित


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपाल ए ले आयरल्यान्ड ए माथि ३ रनको रोमाञ्चक जित निकालेको छ ।

नेपालले दिएको २ सय  १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड ए ले पूरा ओभर खेल्दै  ७ विकेट गुमाएर २ सय १० रन मात्र बनाउन सक्यो ।

नेपालको जितमा विपिन खत्रिले ३ विकेट लिए । कमल ऐरी, नारायण जोशी र रासिद खानले समान एक/एक विकट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय  १३ रन बनाएको थियो । नेपालका लागि आरिफ सेखले नटआउट ९३ रनको शानदार पारी खेले । उनले  ४७ बलमा ७ चौका र ६ छक्का प्रहार गरे ।‍ रासिद खानले २४ र कमलसिंह ऐरीले १९ रन जोडे ।

ओपनर लोकेश बम ८, देव खनाल ६ र विनोद भण्डारीलाई ११ रनमा आउट भए । बसिर अहमद १९ रनमा पभेलिएन फर्किदा पवन सरार्फ १३ र नारायण जोशीले १ रन बनाए ।

आयरल्याण्डका फिन ह्यान्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गेभिन होईले १/१ विकेट लिए ।

ब्याटिङतर्फ आयरल्याण्डका ग्यारेथ डेलानीले ६८ रन बनाउँदा मोर्गन टोपिङ ६० रनमा आउट भए ।

योसँगै नेपालले तीन खेलको टी-२० सिरिज  २-१ ले गुमाएकाे छ  । नेपाल सुरुवाती दुई खेलमा  २१ रन र ४० रनले पराजित भएको थियो ।
अब आयरल्याण्ड ए र नेपाल ए बीच  एकदिवसीय सिरिज पनि हुनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ४ : ५५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा