आयरल्यान्ड ए माथि नेपाल ए को रोमाञ्चक जित | Khabarhub Khabarhub

आयरल्यान्ड ए माथि नेपाल ए को रोमाञ्चक जित


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपाल ए ले आयरल्यान्ड ए माथि ३ रनको रोमाञ्चक जित निकालेको छ ।

नेपालले दिएको २ सय  १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड ए ले पूरा ओभर खेल्दै  ७ विकेट गुमाएर २ सय १० रन मात्र बनाउन सक्यो ।

नेपालको जितमा विपिन खत्रिले ३ विकेट लिए । कमल ऐरी, नारायण जोशी र रासिद खानले समान एक/एक विकट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय  १३ रन बनाएको थियो । नेपालका लागि आरिफ सेखले नटआउट ९३ रनको शानदार पारी खेले । उनले  ४७ बलमा ७ चौका र ६ छक्का प्रहार गरे ।‍ रासिद खानले २४ र कमलसिंह ऐरीले १९ रन जोडे ।

ओपनर लोकेश बम ८, देव खनाल ६ र विनोद भण्डारीलाई ११ रनमा आउट भए । बसिर अहमद १९ रनमा पभेलिएन फर्किदा पवन सरार्फ १३ र नारायण जोशीले १ रन बनाए ।

आयरल्याण्डका फिन ह्यान्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गेभिन होईले १/१ विकेट लिए ।

ब्याटिङतर्फ आयरल्याण्डका ग्यारेथ डेलानीले ६८ रन बनाउँदा मोर्गन टोपिङ ६० रनमा आउट भए ।

योसँगै नेपालले तीन खेलको टी-२० सिरिज  २-१ ले गुमाएकाे छ  । नेपाल सुरुवाती दुई खेलमा  २१ रन र ४० रनले पराजित भएको थियो ।
अब आयरल्याण्ड ए र नेपाल ए बीच  एकदिवसीय सिरिज पनि हुनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ४ : ५५ बजे

अनमोलको नायक यात्रा : ट्याग मेघा स्टार, दोस्रो इनिङले अनुभव गरायो १० करोडको ग्रस कलेक्सन

काठमाडौं – कन्टेन्टमा दम भएका फिल्मले नै राम्रो व्यापार गर्ने

पर्यटक तानिरहेको दोधारा–चाँदनी पुल (तस्बिर)

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने महाकाली

चोटग्रस्त नेयमार ब्राजिलको टिममा परेनन्

काठमाडौं – ब्राजिलियन फुटबलका स्टार नेयमार राष्ट्रिय फुटबल टोलीमा अटाउन

नागरिकता बनाउने र भोट हाल्ने उमेर १६ वर्ष बनाउन पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी लगायतका युवा पुस्ताले निर्वाचन

मंसिरमा महाधिवेशन गर्न सकिँदैन भन्न मिल्दैन : कांग्रेस नेता भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मंसिरमा महाधिवेशन गर्न