गृहमन्त्री लामिछाने र धरानका मेयर साम्पाङबीच भेट « Khabarhub

गृहमन्त्री लामिछाने र धरानका मेयर साम्पाङबीच भेट


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच भेटवार्ता भएको छ। 

आइतबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर प्रमुख सम्पाङले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई भेटेका हुन्। भेटका क्रममा उनीहरूबीच लागूऔषध दुर्व्यसनी नियन्त्रणबारे छलफल भएको छ। 

देशभरि नै लागू औषध दुर्व्यसनी बढिरहेको भन्दै त्यसलाई नियन्त्रणमा ल्याउनका लागि आफूले पहल गरिरहेको गृहमन्त्री लामिछानेको भनाइ थियो।

लामिछानेले लागू औषध दुर्व्यसनीलाई नियन्त्रण गर्न प्रमुख साम्पाङसँग सहयोगको अपिल समेत गरे।  त्यसैक्रममा आफूले धरानमा हरेक शुक्रबार  ‘सुधारबार’ भनेर अभियान गरिरहेको प्रमुख साम्पाङले बताए।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ६ : १६ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका