पाँच वर्ष भन्दा पुराना मुद्दा फर्छ्यौट गर्न अभियान « Khabarhub

पाँच वर्ष भन्दा पुराना मुद्दा फर्छ्यौट गर्न अभियान


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

चितवन । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाँच वर्ष भन्दा पुराना मुद्दालाई अभियान चलाएर छिटो फर्छ्यौट गर्न सर्वोच्च अदालत प्रतिबद्ध रहेको बताएका छन् ।

आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले सर्वोच्चमा १० वर्षभन्दा अघिका ४० वटा मात्र मुद्दा फर्छ्यौट हुन बाँकी रहेको जानकारी दिए । उनले पाँच वर्ष माथिका मुद्दाहरु छिटो फछ्र्यौट गर्ने प्रक्रियामा रहेको बताए ।

“पाँच वर्ष नाघेका मुद्दालाई विशेष अभियान चलाएर निश्चित रुपमा कानुनी बाटो अपनाइ छिटो फर्छ्यौट गर्न प्रतिबद्ध छौँ,” प्रधान न्यायाधीश श्रेष्ठले भने, “सबैभन्दा पुरानो भनेको २०६७ सालका मुद्दाहरु छन्, ती मुद्दाहरुलाई मुद्दा व्यवस्थापन पद्धतिबाट न्यूनिकरण गर्न थालिएको छ ।” ती मुद्दाहरुको व्यवस्थापन नगरेको भए ठूलो सङ्ख्यामा मुद्दा बाँकी रहने उनको भनाइ थियो ।

उनी सर्वोच्चमा आउनुअघिका मुद्दाहरु विभिन्न कारणले फर्छ्यौट हुन बाँकी रहेको उनले बताए । मुद्दा फैसला आजको भोलि भनेजस्तो नहुने भएकोले फैसलाको प्रक्रिया र कानुनी कुरामा भर पर्ने उनको भनाइ छ । सर्वोच्च अदालतको सुधारको प्रक्रियामा लागेको उनले जिकिर गरे । पछिल्लो समयमा बनेका कतिपय कानुनका कारण देशभरका अदालतमा मुद्दाको सङ्ख्या बढेको उनले स्पष्ट पारे ।

अदालतले गरेको काम कारबाही तुलनात्मक रुपमा अहिले व्यवस्थित विधिबाट छिटो गर्नुपर्छ भनेर जिल्ला अदालत, उच्च अदालतमा मुद्दा फैसला भइरहेको उनले जानकारी दिए । अदालतहरुमा कर्मचारी र न्यायाधीशहरुको व्यवस्थापन मुद्दाको चापअनुसार भइरहेको उनको भनाइ थियो ।

जीर्ण भएका अदालतहरुलाई नयाँ बनाउनका लागि सरकारसँग पहल भइरहेकाले सबैको सहयोग र समन्वयबाट यी काम पूरा हुने प्रधान न्यायाधीश श्रेष्ठले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ८ : ५२ बजे

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ