प्राधिकरणलाई वायुसेवा निगमले बुझायो स्पष्टीकरण « Khabarhub

प्राधिकरणलाई वायुसेवा निगमले बुझायो स्पष्टीकरण


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल वायुसेवा निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई स्पष्टीकरण बुझाएको छ ।

नेपालको हवाई उड्डयनसम्बन्धी नियामक निकाय प्राधिकरणले नेपाल वायुसेवा निगमलाई हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै लिखित स्पष्टीकरण सोधेर त्यसको जवाफ मागेको थियो ।

जवाफमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्पष्टीकरणसहितको पत्र बुझाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता एवं उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए।

प्रवक्ता निरौलाले उक्त स्पष्टीकरण अध्ययनकै क्रममा रहेको पनि जानकारी दिए। उनले भने, ‘वायु सेवा निगमका तर्फबाट स्पष्टीकरण आएको छ र अब त्यसलाई प्राधिकरणले अध्ययन गर्नेछ ।’ 

प्राधिकरणले नेपाल वायुसेवा निगमले हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै यही चैत १३ गते निगमलाई स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ४ : ५३ बजे

मनसुन सक्रिय : पाँचमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन ३१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच