उत्तर कोरियाद्वारा मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार « Khabarhub

उत्तर कोरियाद्वारा मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

सियोल उत्तर कोरियाले मंगलबार मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले केही घन्टा पछि आणविक क्षमताको बी–५२ एच बमवर्षकहरू समावेश गरेको संयुक्त हवाई अभ्यास गरेको छ ।

प्योङयाङको पछिल्लो प्रक्षेपण उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ मध्य दूरीको हाइपरसोनिक मिसाइल (आईआरबीएम) को लागि ठोस–ईन्धन इन्जिन परीक्षणको निरीक्षण गरेको दुई हप्ता भित्रै भएको छ ।

दक्षिण कोरियाली सेनाका अनुसार मंगलबार बिहान प्रक्षेपण गरिएको मिसाइल दक्षिण कोरिया र जापानको बीचको पानीमा खस्नु अघि लगभग छ सय किलोमिटर उडेको जनाएको छ ।

संयुक्त सेना प्रमुखहरूले सेनाले प्रक्षेपणको विश्लेषण गरिरहेको बताएका छन् । गत महिना इन्जिन  प्रक्षेपणमा प्रयोग गरिएको ‘हाइपरसोनिक वारहेड’ समावेश गरेको हुनसक्ने एक रक्षा अधिकारीलाई उद्धृत गर्दै योन्हाप समाचार एजेन्सीले जनाएको छ । 

उत्तर कोरियाले लामो समयदेखि उन्नत हाइपरसोनिक र ठोस इन्धन प्रविधिमा सफलता हासिल गर्न खोजिरहेको छ । यी मिसाइलहरूलाई दक्षिण कोरियाली–अमेरिकी मिसाइल रक्षा प्रणालीलाई टक्कर दिई अमेरिकाको क्षेत्रीय सैन्य आधारलाई धम्की दिन सक्षम बनाउने प्रयास गरिएको छ ।

जनवरीमा, प्योङयाङले हाइपरसोनिक वारहेडको साथ ठोस–ईन्धन ‘आईआरबीएम’ प्रक्षेपण गरेको बताएको थियो । त्यसपछि गत महिना ‘नयाँ प्रकारको मध्यवर्ती दूरीको हाइपरसोनिक मिसाइल’ को सफल इन्जिन परीक्षण गरेको थियो ।

हाइपरसोनिक मिसाइलहरू छिटो र मध्य उडानमा सञ्चालन गर्न सकिन्छ । तिनीहरूलाई नियन्त्रण गर्न र रोक्न गाह्रो हुने भएकाले ठोस–ईन्धन मिसाइलहरू प्रक्षेपण गर्नु अघि ईन्धन  आवश्यक पर्दैन । प्रयोग गर्न छरितो रहेका मानिने ती मिसाइलहरूलाई फेला पार्न र नष्ट गर्न गाह्रो हुन्छ । 

सियोलको रक्षा मन्त्रालयले मङ्गलबार वासिङ्टन र टोकियोसँग संयुक्त हवाई अभ्यास गरेको छ । जसमा कोरियाली प्रायद्वीप नजिकै आणविक क्षमता बी–५२ एच बमवर्षक र एफ– १५ के लडाकू जेटहरू सामेल छन् ।

यो अभ्यासको उद्देश्य ‘उत्तरको आणविक र क्षेप्यास्त्र खतराहरू विरुद्ध संयुक्त तयारी सुधार गर्नु रहेको’ स्रोतले जनाएको छ ।  

हतियारको संवेदनशील प्रकृतिलाई ध्यानमा राख्दै किमले रूसी सहयोगमा नभई घरेलु रूपमा यस्तो प्रविधि विकास गरिरहेको उनले बताए। 

मस्को र प्योङयाङबिचको कथित हतियार हस्तान्तरणको अनुसन्धानको बिचमा संयुक्त राष्ट्रसङ्घमा रूसी भिटोले उत्तर कोरियाली प्रतिबन्ध उङ्घलनको संयुक्त राष्ट्रसङ्घीय विशेषज्ञको अनुगमन समाप्त गरेको केही दिनपछि यो प्रक्षेपण भएको हो । उत्तर कोरियाले यस घटनाक्रमबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

दक्षिण कोरियाको आम चुनावमा मतदान गर्नुभन्दा एक हप्ता अघि प्रक्षेपण भएको छ ।   जसमा प्योङयाङसँग कडा लाइन लिएका राष्ट्रपति युन सुक योलको पार्टीले संसद्मा आफ्नो पकडलाई पुनः बलियो बनाउन खोजिरहेको छ । 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ५ : ४८ बजे

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई पद

त्रिविको निमित्त उपकुलपति बने प्रा. डा. सुशील बज्राचार्य

काठमाडौं- सरकारले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा इन्जिनियरिङ अध्ययन संस्थानका डीन

‘सीमा विवाद होइन, लिपुलेक-लिम्पियाधुरा-कालपानी अतिक्रमित भूमि हुन्’

काठमाडौं- दार्चुलाबाट निर्वाचित नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

नयाँ दिल्ली- घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि

ट्रम्पसँगै चीन पुगे दर्जन अमेरिकी खर्बपति : एलन मस्कदेखि एनभिडियाका जेन्सन हुआङ

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुग्दा अर्बपति अमेरिकी कार्यकारीहरूको