सहकारीमार्फत साढे ४ अर्ब पुँजी परिचालन « Khabarhub

सहकारीमार्फत साढे ४ अर्ब पुँजी परिचालन


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

दोलखा– सहकारीमा सुशासनः प्रविधि र एकीकरण भन्ने नाराकासाथ ६७ औं राष्ट्रिय सहकारी दिवसलाई दोलखाका सहकारी संस्थाहरूले विभिन्न कार्यक्रम गरेर मनाएका छन्।

जिल्लामै सहकारीको केन्द्र मानिने वैतेश्वर गाउँपालिका भित्रका सहकारी संस्थाहरूले संयुक्त कार्यक्रमको आयोजना गरेर मनाएका छन्। वैतेश्वर गाउँपालिका जम्मा ७४ वटा सहकारी मध्ये ४२ वटा सहकारी मात्रै गाउँपालिकाको सम्पर्कमा रहेको पाइएको छ।

३२ वटा सहकारी अझै पालिकाको सम्पर्कमा नरहेको तथा गुमनामको अवस्थामा रहेको पाइएको छ् ।४२ वटा बचत तथा ऋण, कृषि र बहुउद्देश्यीय सहकारी रहेको पाइएको छ् । यस पालिकामा सहकारी मार्फत ४ अर्ब ५३ करोड ९० लाख पुँजी परिचालन रहेको वैतेश्वर गाउँपालिकाको सहकारी शाखाले जनाएको  छ।

करिब २७ हजार जनसंख्या रहेको वैतेश्वरमा सहकारीमा आबद्ध सदस्यको संख्या भने, १ लाख २७ हजार छ सय रहेको छ भने, शेयर पुँजी ४६ करोड ७५ लाख र निक्षेप संकलन ३ अर्ब २० करोड ६९ लाख रहेको वैतेश्वर गाउँपालिका सहकारी शाखा प्रमुख मुक्ति प्रसाद दाहालले जानकारी दिए।

मंगलबार राष्ट्रिय सहकारी दिवसको अवसरमा सो तथ्यांक सार्वजनिक भएको हो। वैतेश्वर सहकारी सञ्जालले आयोजना गरेको उक्त कार्यक्रम गाउँपालिका भित्रका करिब तीन दर्जन बढी सहकारीले मैनापोखरी बजारमा र्याली सहित कोणसभा गरेर मनाएका दिवस मनाएका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघका लेखा संयोजक पुष्कर कुमार दाहाल, जिल्ला बचत संघ दोलखाका महासचिव तेन्जिङ शेर्पा लगायतले ६७औं राष्ट्रिय सहकारी दिवसलाई सम्बोधन गरेका थिए।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ७ : ०० बजे

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चन्द्रपुर– महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल

खिवाङ–घराम्दी सडक अलपत्र

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको रणनीतिक महत्वको खिवाङ–घराम्दी सडक योजना निर्माण अलपत्र

भीमेश्वर नगर भित्रका निजी विद्यालय आइतबार बन्द गर्न निर्देशन  

दोलखा– जिल्लाको भीमेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सम्पूर्ण शिक्षण संस्थाहरूमा

कामपाका ७४ स्थान मनसुनजन्य विपद्को घेरामा

काठमाडौं– काठमाडौं महानगरपालिकाले यसवर्ष ७४ स्थानमा मनसुनजन्य विपद्को जोखिम रहने