महाजात्रा हेरेर नेताले आत्मालोचना गर्न सक्नुपर्छ : डा. भट्टराई « Khabarhub

महाजात्रा हेरेर नेताले आत्मालोचना गर्न सक्नुपर्छ : डा. भट्टराई


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चलचित्र ‘महाजात्रा’ मनोरञ्जनसँगै संदेशमुलक रहेको बताएका छन् ।

ठमेलस्थित छायाँ सेन्टरको क्युएफएक्समा हिजो साँझ महाजात्रा हेरिसकेपछि उनले निर्देशक प्रदीप भट्टराई, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्माता म्याक्स दीपेश खत्रीसहितको टिमलाई धन्यवाद दिए ।

उनले भने, ‘यो चलचित्र मनोरञ्जकसँगै सन्देशमूलक बनेको छ । देशमा सुशासन, समृद्धिको कुरा गर्छौँ तर भ्रष्टाचार र बेथितिले कसरी जरा गाडेको छ भन्ने तथ्यलाई प्रस्तुत गरिएको छ । नेताहरूले फिल्म हेरेर मम भन्न सक्नुपर्छ ।’

उनले चलचित्र हेरिरहँदा आफू केही स्थानमा भावुक भएको बताए । उनले भने, ‘केही स्थानमा आँशु रोक्न सकिन । चलचित्र हेरेर आनन्द आयो ।’

उनले यस्ता चलचित्रले कलाकर्मीको गरिमा बढाउने भन्दै लेखन, निर्देशन, कलाकारिता, प्रस्तुतीकरण, विषय चयन लगायतका सम्पूर्ण पक्ष मन परेको बताए । उनले भने, ‘यो फिल्म आम दर्शकदेखि राजनीतिज्ञसम्मलाई सुहाउँदो बनेको छ । म यसलाई १० मा ८ नम्बर दिन्छु । ढुक्क भएर सपरिवार फिल्म हेर्न आउनुस् ।’

यसअघि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले महाजात्रा हेरिसकेका छन् ।

चैत ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र महाजात्राले १० दिनमा विश्वव्यापी १४ करोड ग्रस कमाएको बताइएको छ । जसमा नेपालको हिस्सा ८ करोड ८ लाख र डायस्पोरामा ५ करोड रुपैयाँ ग्रस रहेको छ ।

 

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १० : १६ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका