गृहमन्त्रीमाथि छानबिन समिति नबने अर्को बैठक चल्न सक्दैन : कांग्रेस | Khabarhub Khabarhub

गृहमन्त्रीमाथि छानबिन समिति नबने अर्को बैठक चल्न सक्दैन : कांग्रेस


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफ्नो माग यथावत राखेको छ ।

आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति गठन नभए आगामी बैठक चल्न नसक्ने चेतावनी दिए ।

संसद शर्माले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठनको माग कांग्रेसको न्यूनतम शर्त रहेको बताए ।

उनले कांग्रेसले मुद्दा उठाएर यो विषय टुंगिँदै भनेर प्रचार भइरहेको भन्दै सत्ता समीकरणको खेलमा कांग्रेस नलाग्ने धारणा राखे ।

शर्माले कांग्रेसले उठाएका प्रश्न बेवास्ता गर्दै आकस्मिक रुपमा गृह मन्त्रीलाई रोष्ट्रममा पठाइयो भने संसद् अवरोध गर्नुपर्ने परिस्थिति आउने बताए ।

उनले कांग्रेसले आफूहरूले गृहमन्त्रीको राजीनामा माग गरेको नभई गृहमन्त्रीलाई संसदीय छानविन समितिमार्फत आफ्ना विषयमा प्रष्ट पार्ने मौका दिन खोजेको जिकिर गरे ।

गृहमन्त्रीले आफूमाथि लागेको आरोपबारे सार्वजनिक बहस गर्न तयार भएको भनिरहेको उल्लेख गर्दै शर्माले सिंहदरबारभित्र स्थापना हुने संसदीय छानबिन समितिको कार्यालयमा आएर बहस गर्न चुनौति दिए ।

सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेविरुद्ध छानविन गर्न संसदीय समिति बनाउनुपर्ने भन्दै कांग्रेसले लगातार सदनमा अडान राख्दै आएको छ ।

 

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १२ : १३ बजे

कांग्रेस सबै जातजाति, भाषाभाषी एवं हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्र : देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस

पकेट क्षेत्रमा आलु उत्पादन घट्यो

म्याग्दी– आलु उत्पादनको पकेट क्षेत्र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाँगी, राम्चे,

विकास समस्या समाधान समितिको बैठक : अर्थतन्त्र चलायमान गर्न ‘बिग पुस’ गर्नुपर्ने

काठमाडौं- मन्त्रालयस्तरको विकास समितिको बैठकमा अर्थतन्त्रलाई चलायमान बनाउन थप काम

आरवीवी म्युचुअल फण्ड–२ ले १३ प्रतिशत लाभांश दिने 

काठमाडौं– आरवीवी म्युचुअल फण्ड–२ ले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट

सिद्धार्थ इक्विटी फण्डले २० प्रतिशत लाभांश दिन तोक्यो बुक क्लोज मिति 

काठमाडौं– सिद्धार्थ इक्विटी फण्डले इकाई धनीलाई २० प्रतिशत बोनस दिन