परराष्ट्रमन्त्री श्रेष्ठद्वारा आफ्नो चीन भ्रमणबारे संसद्‌मा जानकारी « Khabarhub

परराष्ट्रमन्त्री श्रेष्ठद्वारा आफ्नो चीन भ्रमणबारे संसद्‌मा जानकारी


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो ९ दिने चीन भ्रमणको बारेमा संसद्‌मा जानकारी दिएका छन् ।

परराष्ट्रमन्त्री श्रेष्ठले आजको प्रतिनिधिसभाको बैठकमा आफ्नो भ्रमण बारे जानकारी दिँदै दुई देशको सम्बन्धलाई अझ राम्रो बनाउन योगदान पुगेको विश्वास व्यक्त गरेका हुन् ।

उनले चीन भ्रमणका क्रममा चीनसँग जोडिएका १४ परम्परागत नाका खोल्ने, लासा र काठमाडौँबीच बस यातायात सञ्चालन गर्ने, चीन जाने नेपाली पर्यटकलाई भिसा शुल्क निस् शुल्क गर्ने, नेपाल र चीनबीचको सम्बन्धका बारेमा नियमित छलफल गर्न परराष्ट्रमन्त्री स्तरीय आयोग गठन गर्ने, बीआरआईलाई अन्तिम रूप दिने विषयमा छलफल भएको जानकारी दिएका छन् ।

साथै आफ्नो भ्रमणको क्रममा चीनले नेपाललाई थप गुणात्मक सहयोग गर्ने सहमति भएको परराष्ट्रमन्त्रीले संसद्‌मा जानकारी दिएका थिए । 

साथै चीनसँग सीमा जोडिएको केही गाउँमा विद्युत उपलब्ध गराउने र नेपालमा उत्पादन हुने तरकारी र फलफूल निर्यात गर्ने विषयमा छलफल भएको उनले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १२ : ४९ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको