परराष्ट्रमन्त्री श्रेष्ठद्वारा आफ्नो चीन भ्रमणबारे संसद्‌मा जानकारी « Khabarhub

परराष्ट्रमन्त्री श्रेष्ठद्वारा आफ्नो चीन भ्रमणबारे संसद्‌मा जानकारी


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो ९ दिने चीन भ्रमणको बारेमा संसद्‌मा जानकारी दिएका छन् ।

परराष्ट्रमन्त्री श्रेष्ठले आजको प्रतिनिधिसभाको बैठकमा आफ्नो भ्रमण बारे जानकारी दिँदै दुई देशको सम्बन्धलाई अझ राम्रो बनाउन योगदान पुगेको विश्वास व्यक्त गरेका हुन् ।

उनले चीन भ्रमणका क्रममा चीनसँग जोडिएका १४ परम्परागत नाका खोल्ने, लासा र काठमाडौँबीच बस यातायात सञ्चालन गर्ने, चीन जाने नेपाली पर्यटकलाई भिसा शुल्क निस् शुल्क गर्ने, नेपाल र चीनबीचको सम्बन्धका बारेमा नियमित छलफल गर्न परराष्ट्रमन्त्री स्तरीय आयोग गठन गर्ने, बीआरआईलाई अन्तिम रूप दिने विषयमा छलफल भएको जानकारी दिएका छन् ।

साथै आफ्नो भ्रमणको क्रममा चीनले नेपाललाई थप गुणात्मक सहयोग गर्ने सहमति भएको परराष्ट्रमन्त्रीले संसद्‌मा जानकारी दिएका थिए । 

साथै चीनसँग सीमा जोडिएको केही गाउँमा विद्युत उपलब्ध गराउने र नेपालमा उत्पादन हुने तरकारी र फलफूल निर्यात गर्ने विषयमा छलफल भएको उनले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १२ : ४९ बजे

पक्राउपछि विष्णुले शंकरलाई भनेका थिए – काठमाडौँ जानुपर्ने भयो, कार्यक्रम सकेर आउनू

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सोमबार सुर्खेतबाट पक्राउ

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु