झापामा कालाजारका दुई सङ्क्रमित भेटिए « Khabarhub

झापामा कालाजारका दुई सङ्क्रमित भेटिए


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

झापा– जिल्लामा कालाजार रोगका दुईजना नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा विगत वर्षमा पनि सङ्क्रमित भेटिएका थिए ।

कार्यालयका सम्पर्क व्यक्ति वीरेन्द्र दासले विर्तामोड नगरपालिका–५शिवसताक्षी नगरपालिका–६ मा कालाजारको सङ्क्रमित भेटिएको बताए । बिरामी भएर उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँदा उनीहरूमा कालाजार पुष्टि भएको थियो । 

उनले कालाजारका सङ्क्रमित फेला परेको टोलमा आरडिटी किटमार्फत रगत परीक्षण गरिरहेको जानकारी दिए। यही चैत महिनामा फेला परेका दुवै सङ्क्रमित पुरुष छन् ।

उनले हाल जिल्लाका विभिन्न स्थानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका र सरोकारवाला लगायतसँगको समन्वयमा अभिमुखीकरण तथा कालाजार खोजी गरिरहेको जानकारी दिए । प्रोटोजोआको लिस्मेनिया परजीवी ‘स्यान्डफ्लाई’ नामक पोथी भुसुनाको टोकाइबाट मानिसमा कालाजार सङ्क्रमण हुने उनको भनाइ छ । सङ्क्रमितलाई टोकेको पोथी भुसुनाले निरोगी व्यक्तिलाई टोकेमा कालाजार सर्ने गर्छ ।

कालाजारका बिरामीमा जीउ कालो हुँदै जाने र दुई साताभन्दा बढी अवधिसम्म ज्वरो आउने, भुँडी सुन्निनेलगायत लक्षणहरु देखापर्छन । खुला र भुइँघरमा प्रायः रोग सार्ने भुसुनाले मानिसलाई टोक्ने गर्दछ ।

उनले कालाजारविरुद्ध अहिलेसम्म खोप उपलब्ध नभएका कारण भुसुनाको टोकाइबाट बच्न लामो बाहुला भएको कपडा लगाउने, भुसुना भगाउन तेल वा क्रिम शरीरमा दल्ने, घर वरिपरि सरसफाइमा ध्यान दिने, साँझको समयमा घरबाहिर नघुम्ने, राति झूल लगाएर मात्र सुत्ने सल्लाह दिएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १ : १४ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ