चलचित्र ‘डिग्री माइला’ एकैदिन नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन हुने  « Khabarhub

चलचित्र ‘डिग्री माइला’ एकैदिन नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन हुने 


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रामबाबु गुरुङको निर्देशन रहेको  ‘डिग्री माइला’ सिनेमा नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० (अप्रिल १२) देखि प्रदर्शनमा आउने भएको छ । 

निर्माण पक्षका अनुसार अष्ट्रेलियाका प्रमुख शहरहरू सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा रिलिज हुनेछ।

त्यस्तै अमेरिकामा भने ४० भन्दा बढी सहरमा ४ सय शोहरु हुने जानकारी निर्माण पक्षले दिएको छ । डायस्पोरामा प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्टले लिएको छ । 

निर्माण पक्षले गत हप्ता चलचित्रको ट्रेलर सार्वजनिक गर्दै नेपालको प्रदर्शन मिति तोकेको थियो । सिनेमामा नायिका आँचल शर्मा र  नायक दयाहाङ राई जोडी बनेका छन् । सिनेमामा उनीहरूको अन्तरजातीय प्रेम हेर्न सकिने निर्माण पक्षले बताएको छ । 

सिनेमामा दया-आँचलसँगै विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमुख भूमिका रहेको छ । सुस्मा फिल्मस्सँगको सहकार्यमा बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्र मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथामा आधारित रहेको बताइएको छ । 

विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ यस चलचित्रका निर्माता हुन् भने कार्यकारी निर्माताका रुपमा क्रिश लामा छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १ : २० बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका