विकास निर्माणको काममा जुट्न मेयर शाक्यको आह्वान | Khabarhub Khabarhub

विकास निर्माणको काममा जुट्न मेयर शाक्यको आह्वान


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विकास निर्माणको काममा जुट्न महानगरपालिकाबासीलाई आह्वान गरेका छन् ।

मेयर शाक्यले संघीयताविरोधि गतिविधि हुन नदिन पनि महानगरबासीलाई सचेत गराए । मातृभूमि महिला समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चुनावका बेला गरिएको सबै प्रतिवद्धता पूरा हुने गरी आफूले काम गरिरहेको दावी गरे । उनले महानगरबासीलाई मारमा पर्न नदिन चालू आर्थिक वर्षमा पनि करको दर नबढाइएको स्पष्ट पारे ।

मेयर शाक्यले काठमाडौं महानगरपालिकाले सम्पदा पुनर्निर्माण, हरियाली प्रवद्र्धन र पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाएको पनि बताए । ‘सम्पदाको पुनर्निर्माण, हरियाली प्रवद्र्धन र पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकता दिइएको छ,’ मेयर शाक्यको स्पष्टिकरण थियो, ‘महानगरबासीलाई दुःख नहोस् भनेर कुनै पनि क्षेत्रमा करको दर बढाएका छैनौं ।’

मेयर शाक्यले काठमाडौं महानगरपालिकालाई स्वच्छ, सुन्दर र हरियालीयुक्त बनाउन महानगरपालिकाका सबै जनप्रतिनिधिहरु लागि परेको दावी पनि गरे । उनले आफूले निर्वाचित गरेका जनप्रतिनिधिहरुलाई सचेत गराउने काममा लाग्न पनि महानगरबासीलाई आग्रह गरे ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ७ : ३७ बजे

कीर्तिपुरमा बाघ भैरव जात्रा (तस्बिरहरू)

कीर्तिपुर– कीर्तिपुरमा आज बाघ भैरव जात्रा मनाइँदै छ । यो

कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण

झापा– झापाको कनकाई नगरपालिका– ४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह

स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ

एमाले विधान महाधिवेशनको तयारी तीव्र, १९ दिन बाँकी, २३ सय ९२ जना सहभागी हुने 

काठमाडौं– यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको

फेदीखोला हाइड्रोपावरले साधारण सेयर बिक्री गर्ने

काठमाडौं– फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख बराबरको