स्वास्थ्यमन्त्री यादवलाई एमालेको १५ बुँदे ध्यानाकर्षण पत्र « Khabarhub

स्वास्थ्यमन्त्री यादवलाई एमालेको १५ बुँदे ध्यानाकर्षण पत्र


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

एमाले स्वास्थ्य विभाग प्रमुख एवं पूर्व स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको टोलीले मन्त्री यादवलाई भेटेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । एमाले नेतृत्वमा रहेको सरकारले शुरु गरेका तर हाल सुस्त गति वा स्थगित भएका कार्यक्रमलाई अघि बढाउन भनिएको छ ।

३९६ स्थानीय निकायमा आधारभूत अस्पतालको सिलान्यास गरि आगामी ४ बर्षमा सबै ७५३ पालिकामा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि ५, १० र १५ शैयाका अस्पताल निर्माण सम्पन्न गर्दै जनताको स्वास्थ्य सम्बन्धि मौलिक अधिकारको सुनिश्चितता गर्न अपील गर्दछौं, ध्यानाकर्षणमा भनिएको छ ।

स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी ढंगबाट सुचारू गर्नका लागि उपचार कार्यविधि, औषधि आपुर्ति सहजता, सेवा सुनिश्चितता र स्वास्थ्यकर्मी पहिचान लगायत समयमा सेवा शुल्क भुक्तानिकालागि तत्काल प्रक्रियागत ढिलाई र कानुनीरुपमा रहेका जटिलतालाइ हल गरी सेवाको सुनिश्चितताको लागि समेत अनुरोध गरिएको छ सरकारी स्वास्थ्य संस्थाहरुमा नियम संगत ढंगले कार्यरत सम्बन्धित अनुभवी कर्मचारीहरुलाई हटाइ विषय नै नमिल्ने पदाधिकारीहरुलाई प्रमुख बनाउने, थप जिम्मेवारी दिने जस्ता निवर्तमान मन्त्रीले गरेका प्रशासनिक अराजकताले सेवाको गुणस्तर घट्ने मात्र नभई कर्मचारीहरुको मनोवल गिराउने काम भएको छ। यसलाई तुरुन्त सच्याउन समेत अपील गराउँदछौ, पत्रमा भनिएको छ।

सो अवसरमा मन्त्री यादवले स्वास्थ्य क्षेत्र सुधारका लागि आफू काम गर्ने अठोटका साथ आएको भन्दै सुझावलाई मनन गरेर अघि बढ्ने आश्वासन दिए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : ४८ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र