स्वास्थ्य सुधारका लागि मन्त्रीलाई १५ बुँदे ध्यानाकर्षणपत्र « Khabarhub

स्वास्थ्य सुधारका लागि मन्त्रीलाई १५ बुँदे ध्यानाकर्षणपत्र


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई नेकपा (एमाले)को स्वास्थ्य तथा जनसङ्ख्या विभागले ध्यानाकर्षणपत्र बुझाएको छ । मन्त्री यादवलाई विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा गएको टोलीले १५ बुँदे ध्यानाकर्षणपत्र बुझाइएकाे हो । 

पत्रमा स्वास्थ्य सेवामा बाझिएका कानुनको तत्काल संशोधन गर्नुपर्ने, सामाजिक स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी बनाउनका लागि तत्काल कानुन सम्मत स्वास्थ्य बीमा बोर्डका पदाधिकारीको पदपूर्ति गर्दै संगठन व्यवस्थापन गर्नुपर्ने, आधारभूत अस्पताल चाँडै सम्पन्न गर्नुपर्ने माग रहेका छन् । 

झाडापाखला, डेङ्गी, दादुरा, कोरोना भाइरसलगायत महामारीजन्य रोगको रोकथाम तथा नियन्त्रण, बाढीपहिरो तथा जलबाट उत्पन्न विपत्तिको व्यवस्थापनको  पूर्व तयारी गर्नुपर्ने, वीर अस्पताललगायत केन्द्रीय अस्पतालमा जनशक्ति थपेर पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने, सबै अस्पतालको सेवालाई एकीकृत जानकारी गराउने प्रविधिमा जोड्नुपर्ने, युवा जनशक्तिलाई विदेश पलायन रोक्न विशेष कार्यक्रम ल्याउनुपर्ने लगायतका माग राखिएका छन् । 

ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले सरकार गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रतिबद्ध रहेको भन्दै मागलाई सम्बोधन गर्ने बताए  ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : ४८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट