पृथ्वीको सतहभन्दा ७०० किलोमिटर तल भेटियो सबैभन्दा ठूलो महासागर « Khabarhub

पृथ्वीको सतहभन्दा ७०० किलोमिटर तल भेटियो सबैभन्दा ठूलो महासागर


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्  । अमेरिकाको इलिनोइस राज्यका अनुसन्धानकर्ताहरूले उक्त महासागर पत्ता लगाएका हुन् ।

पानी कहाँबाट आयो भनेर खोजी गर्दा वैज्ञानिकहरूले यस महासागरको बारेमा पत्ता लगाएको एक रिपोर्टमा उल्लेख गरिएको छ । यसमा सबै महासागरको कुल पानीको तुलनामा तीन गुणा बढी पानी रहेको वैज्ञानिकले बताएका छन् ।

यो महासागर पृथ्वीको सतह मुनि निलो चट्टानमा लुकेको छ । खोज टोलीका वैज्ञानिक स्टिभ ज्याकबसनले चट्टान स्पन्ज जस्तै रहेकाे र यसले पानीलाई अवशोषित गरिरहने बताए । २ हजार सिस्मोमिटरबाट ५ सय भूकम्पको अध्ययन गरी यो महासागर पत्ता लागेको हो ।

जब पृथ्वी मुनि बुलन्द छालहरू ओसिलो चट्टानबाट गुज्रन्छन्, तिनीहरूको गति सुस्त हुन्छ । सिस्मोमिटरबाट यी छालहरू अध्ययन गरेपछि महासागर पत्ता लागेको हो ।

यस खोजको बारेमा पहिलो पटक सन् २०१४ मा जानकारी दिइएको थियो । यो एक वैज्ञानिक पेपर डिहाइड्रेसन मेल्टिङ एट द टप अफ द लोअर मेन्टलु मा रिपोर्ट गरिएको थियो । तर, अहिले यो अनुसन्धान भाइरल भइरहेको छ । यस महासागरको उत्पत्तिपछि पृथ्वीमा पानीको उत्पत्तिबारे नयाँ सिद्धान्त फेला परेको छ ।

धेरै रिपोर्टहरूमा धूमकेतु पृथ्वीसँग ठोक्किएपछि यसको प्रभावका कारण पानी उत्पन्न भएको दबी गरीएकाे थियो । यद्यपि, पृथ्वीको सतह मुनि रहेको महासागरबाट, यो सम्भव छ कि समयसँगै पृथ्वी मुनिबाट समुद्रहरू निस्किएका छन् ।

वैज्ञानिक जेकबसनले यो महासागर पृथ्वी मुनि रहनु आवश्यक रहेको बताए किनकि यो सतहबाट बाहिर आयो भने पृथ्वीमा पानी मात्र रहनेछ । हिमालका अग्ला चुचुराहरू मात्र जमिनको नाममा बाँच्न सक्ने उनको भनाइ छ ।

साभार :  अन्तराष्ट्रिय मिडियाकाे सहयाेगमा 

 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  १२ : ५२ बजे

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ

प्रिमियर लिग : चेल्सी र न्यूक्यासलको रोमाञ्चक बराबरी

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा