पृथ्वीको सतहभन्दा ७०० किलोमिटर तल भेटियो सबैभन्दा ठूलो महासागर « Khabarhub

पृथ्वीको सतहभन्दा ७०० किलोमिटर तल भेटियो सबैभन्दा ठूलो महासागर


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्  । अमेरिकाको इलिनोइस राज्यका अनुसन्धानकर्ताहरूले उक्त महासागर पत्ता लगाएका हुन् ।

पानी कहाँबाट आयो भनेर खोजी गर्दा वैज्ञानिकहरूले यस महासागरको बारेमा पत्ता लगाएको एक रिपोर्टमा उल्लेख गरिएको छ । यसमा सबै महासागरको कुल पानीको तुलनामा तीन गुणा बढी पानी रहेको वैज्ञानिकले बताएका छन् ।

यो महासागर पृथ्वीको सतह मुनि निलो चट्टानमा लुकेको छ । खोज टोलीका वैज्ञानिक स्टिभ ज्याकबसनले चट्टान स्पन्ज जस्तै रहेकाे र यसले पानीलाई अवशोषित गरिरहने बताए । २ हजार सिस्मोमिटरबाट ५ सय भूकम्पको अध्ययन गरी यो महासागर पत्ता लागेको हो ।

जब पृथ्वी मुनि बुलन्द छालहरू ओसिलो चट्टानबाट गुज्रन्छन्, तिनीहरूको गति सुस्त हुन्छ । सिस्मोमिटरबाट यी छालहरू अध्ययन गरेपछि महासागर पत्ता लागेको हो ।

यस खोजको बारेमा पहिलो पटक सन् २०१४ मा जानकारी दिइएको थियो । यो एक वैज्ञानिक पेपर डिहाइड्रेसन मेल्टिङ एट द टप अफ द लोअर मेन्टलु मा रिपोर्ट गरिएको थियो । तर, अहिले यो अनुसन्धान भाइरल भइरहेको छ । यस महासागरको उत्पत्तिपछि पृथ्वीमा पानीको उत्पत्तिबारे नयाँ सिद्धान्त फेला परेको छ ।

धेरै रिपोर्टहरूमा धूमकेतु पृथ्वीसँग ठोक्किएपछि यसको प्रभावका कारण पानी उत्पन्न भएको दबी गरीएकाे थियो । यद्यपि, पृथ्वीको सतह मुनि रहेको महासागरबाट, यो सम्भव छ कि समयसँगै पृथ्वी मुनिबाट समुद्रहरू निस्किएका छन् ।

वैज्ञानिक जेकबसनले यो महासागर पृथ्वी मुनि रहनु आवश्यक रहेको बताए किनकि यो सतहबाट बाहिर आयो भने पृथ्वीमा पानी मात्र रहनेछ । हिमालका अग्ला चुचुराहरू मात्र जमिनको नाममा बाँच्न सक्ने उनको भनाइ छ ।

साभार :  अन्तराष्ट्रिय मिडियाकाे सहयाेगमा 

 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  १२ : ५२ बजे

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई

कीर्तिपुरमा मरेका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ- काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएको कागमा बर्डफ्लु

इजलासमा कानुन व्यवसायीको बहस : रविलाई चोख्याउन जीबीलाई पनि उन्मुक्ति दिइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्धको सम्पत्ति

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने