सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका-३ मैटहवास्थित सडकमा लु.२ ख ५७५३ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६८ वर्षीय चन्द्रेश्वर चालिसेको बुधबार साँझ मृत्यु भएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, पाँचथरको फिदिम नगरपालिका-४ टोर्केडाँडास्थित सडकमा प्र.१-०१-००२ प ०२९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक मोरङ जहदा गाउँपालिका-२ बस्ने ३० वर्षीय विक्रम कुमार राजवंशीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी, दार्चुलाको महाकाली नगरपालिका-३ स्थित सडकमा सु.प.प्र.०२००२ त १५९२ को ट्याक्टरबाट खसेर सोही नगरपालिका-३ मानाकोट बस्ने ४० वर्षीय हरक सिंह नगालको बुधबार राति मृत्यु भएको छ ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  १ : १६ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा