श्रम अदालतको मुकाम काठमाडौंमा रहने « Khabarhub

श्रम अदालतको मुकाम काठमाडौंमा रहने


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहनेगरि तोक्ने निर्णय गरेको छ । 

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कानून मन्त्रालयको प्रस्तावमा श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहनेगरी तोक्ने निर्णय भएको र त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

बैठकले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा सप्तरीका प्रा.डा पशुपति चौधरी र सदस्य पदमा विरेन्द्रप्रसाद यादव नियुक्त गरेको छ भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्य पदमा डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

प्रवक्ता शर्माले सरकारी प्रकरणमा गृहमन्त्रीमाथि उठेका प्रश्नको प्रधानमन्त्रीले सदनमा र स्वयं गृहमन्त्रीले संसदीय समितिमा जवाफ दिइसकेकाले छानविन समिति गठनको आवश्यकता नरहेको बताइन् ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ४ : ०० बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका