राजेश पायलको डिभोर्स : श्रीमतीलाई नक्सालको घर र ५० लाख नगद « Khabarhub

राजेश पायलको डिभोर्स : श्रीमतीलाई नक्सालको घर र ५० लाख नगद

छोरालाई मासिक १५ हजार माना चामल


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक राजेशपायल राईले श्रीमती साङबुङ राईसँग सम्बन्धविच्छेद गरेका छन् । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते उनीहरुबीच सम्बन्धविच्छेद भएको फैसला सुनाएको हो ।

राजेश र साङबुङका डेढ वर्षका छोरा छन् । फैसला अनुसार छोरा १८ वर्ष नपुगेसम्म मासिक १५ हजार रुपैयाँ राजेशले माना चामल वापत बुझाउनु पर्नेछ । छोरा शिशु अवस्थामै रहेका कारण आमासँगै रहनेछन् ।

अंश वापत राजेशले ५० लाख नगद साङबुङलाई दिनुपर्ने छ । राजेशका नाममा रहेको काठमाडौंमा १ आना १ पैसा ३ दाममा बनेको घर साङबुङ र छोराको संयुक्त नाममा रहने फैसला भएको अदालतका प्रवक्ता चन्द्रप्रसाद पन्थीले खबरहबलाई जानकारी दिए । गायनबाट आर्जन गरेको रकमले उनले बनाएको घर राम्रोसँग फिनिसिङ समेत भइसकेको छैन ।

प्रवक्ता पन्थीका अनुसार गत साउन २१ राजेशले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेका थिए ।

प्रेम सम्बन्धमै रहेका बेला राजेश र साङबुङले सन्तानको जन्म दिएका हुन् । त्यसपछि भने उनीहरुले विवाह दर्ता गरेका थिए । उनीहरुबीचको उमेर अन्तर २६ वर्षको छ ।

राजेशले विवाहका बारेमा कहिल्यै पनि खुलेर कुरा गरेनन् । राजेश निकट स्रोतका अनुसार उमेर अन्तरका कारण यो जोडीको सम्बन्ध समधुर बन्न सकेन । सुत्केरी अवस्थामा पनि श्रीमानबाट राम्रो साथ नपाएको भन्दै साङबुङले सामाजिक सन्जालबाटै विभिन्न आरोप लगाउँदै आएकी थिइन् ।

यसैवीच बुधबार राति राजेश पायल मादक पदार्थ खाएर होहल्ला गरेको आरोपमा पक्राउसमेत समेत परेका थिए । समूहमा पक्राउ परेका उनलाई बानेश्वर प्रहरीले अबदेखि त्यस्तो व्यवहार नगर्ने शर्तमा सम्झाएर रिहा गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ६ : ५५ बजे

बालेनको बयान : तत्कालीन सरकारले आतंकवादी क्रियाकलाप गर्‍यो, जेन-जी आन्दोलनलाई मेरो समर्थन थिएन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा तत्कालीन काठमाडौं महानगरका

दक्षिणी लेबनानमा इजरायली आक्रमण, छ जनाको मृत्यु, ३४ घाइते

एजेन्सी– दक्षिणी लेबनानका विभिन्न क्षेत्रलाई लक्षित गरी भएको इजरायली हवाई

नेप्से परिसूचक २४ अङ्कले ओरालो

काठमाडौं– गत तीन दिन बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक

कार्की आयोगलाई ओलीको बयान : तर्कपूर्ण ढंगले प्रधानमन्त्री यो विषयमा जवाफदेही हुँदैन

काठमाडौं– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा भएको घटनाको