सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिने  « Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिने 


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

धनगढी–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन् ।

विश्वासको मत नपाउने देखिएपछि शाहले आजै राजीनामा दिने उनको सचिवालयले जनाएको छ ।

सत्तारूढ दल नाउपाका २ सांसद विश्वासको मतको विपक्षमा देखिएकाले मुख्यमन्त्री शाहले विश्वासको मतको लागि आवश्यक २७ मत पाउन सक्ने सम्भावना कम देखिएको छ ।

सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्रका एक एक प्रदेशसभा सांसद रहेका छन् ।

मुख्यमन्त्री शाहले विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो । तर मुख्यमन्त्रीकै आग्रहमा साँझ ५ बजेसम्मका बैठक सारिएको थियो । अझै बैठक सुरू हुन सकेको छैन् ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ६ : ३४ बजे

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक

काठमाडौं महानगरका ७५ हजारलाई निःशुल्क कानुनी सेवा, ३५ न्यायिक सहजकर्ता परिचालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजदेखि पाँचौँ संस्करणका न्यायिक सहजकर्तालाई परिचालन गरेको

३०औँ जनयुद्ध दिवस रुकुमपूर्वमा मनाउँदै नेकपा

रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन्

सञ्चार मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा : पुँजीगत खर्च बढाइनुपर्नेमा जोड

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत