आईपिएल : गुजरातमाथि पञ्जाबको रोचक जित « Khabarhub

आईपिएल : गुजरातमाथि पञ्जाबको रोचक जित


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्समाथि रोचक जित निकालेको छ।

नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले दिएको २०० रनको चुनौती पञ्जाबले एक बल बाँकी हुँदा ७ विकेटको क्षतिमा पूरा गर्दै ३ विकेटको जित निकालेको हो।

सुरुमा ब्याटिङ गरेको गुजरातका लागि कप्तान शुभमन गिलको सानदार प्रदर्शन गरे पनि त्यो जितका लागि पर्याप्त भएन। गिलको अर्धशतमा गुजरातले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९९ रन बनाएको थियो। कप्तान गिलले नटआउट सर्वाधिक ८९ रन बनाए। ४८ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरेका थिए।

साई सुदर्शन ३३, केन विलियम्सन २६, ऋद्धिमान साहा ११ र विजय शंकर ८ रनमा आउट हुँदा राहुल तेवाटिया २३ रनमा नटआउट रहे।

पञ्जाबका कगिसो रबाडाले २ विकेट लिए भने हरप्रित बरार र हर्षल पटेलले १–१ विकेट हात पारे।

टस जितेर पहिलो फिल्डिङ रोजेको पञ्जाबले २०० रनको चुनौती १९ ओभर १ बलमा सात विकेटको क्षतिमा पूरा गरेको हो। पञ्जाबका लागि शशांक सिंहले नटआउट ६१ रनको अर्धशतकीय इनिङ खेले। उनले २९ बलमा ६ चौका र ४ चौका प्रहार गरे।

प्रभसिमरन सिंह ३५, आशुतोष शर्मा ३१, जोनी बेयरस्टो २२, जितेश शर्मा १६, सिकन्दर रजा १५, श्याम कुराने ५ रन बनाउँदा कप्तान शिखर धवन १ रनमा आउट भए। उसका लागि हरप्रित बरार १ रनमा नटआउट रहे।

यो जितसँगै पञ्जाबले चार खेलमा चार अंक जोडेको छ। गुजरातको समेत समान खेलमा समान ४ अंक छ। रन रेटका आधारमा पञ्जाब ५औं स्थानमा छ भने गुजरात छैठौं स्थानमा छ।

आईपिएल अन्तर्गत शुक्रबार सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गर्दैछन्। यो खेल शुक्रबार साँझ ७:४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ६ : ०० बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७