आयरल्यान्डविरुद्ध एक दिवसीय सिरिजको दोस्रो खेल खेल्दै नेपाल ‘ए’ | Khabarhub Khabarhub

आयरल्यान्डविरुद्ध एक दिवसीय सिरिजको दोस्रो खेल खेल्दै नेपाल ‘ए’


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ले शुक्रबार एक दिवसीय सिरिजको दोस्रो खेल खेल्दैछन्। यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानममा शुक्रबार बिहान ९:३० बजे सुरु हुनेछ।

बुधबार भएको पहिलो खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भएको थियो। आज नेपाल घरेलु मैदानमा पहिलो जितको खोजीमा हुनेछ।

तीन खेलको सिरिजमा आयरल्यान्ड ‘ए’ ले १–० को अग्रता लिएको छ। पहिलो खेलमा जितका लागि एक सय ५८ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ‘ए’ २५.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३६ रनमा समेटिएको थियो।

नेपालका लागि साहब आलमले ३७, देव खनाल २६, बसिर अहमदले २०, रिजन ढकालले १२ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्। बलिङमा आयरल्यान्डका म्याथ्यु हुमप्रेजले पाँच र लियम म्याकार्थीले चार विकेट लिएका थिए।

आयरल्यान्ड ‘ए’ सँग पहिलो खेलमा लज्जास्पद हार खाएको नेपाल ‘ए’ का कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिएका थिए। यस्तै साहब आलम र मौसम ढकालले दुई दुई विकेट लिए भने रिजन ढकालले एक विकेट हात पारे।

आयरल्यान्ड ‘ए’सँग घरेलु मैदानमै भएको टी–२० सिरिज २–१ ले गुमाएको नेपाल ‘ए’ले एक दिवसीय सिरिज उचाल्ने लक्ष्य लिएको छ।

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ टिमले आयरल्यान्डसँग एक दिवसीय सिरिजको फाइनल चैत २५ गते कीर्तिपुर मैदानमा खेल्नेछ।

नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ले नेपालको राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि-२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको थियो। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ७ : १४ बजे

निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका

मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी

पर्सा – मधेश प्रदेशसभा सदस्य विनादेखी शर्माको वीरगञ्ज महानगर–६ स्थित

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू)

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य

‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो

काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली