अठार करोडको आयोजनामा साठी लाख बजेट « Khabarhub

अठार करोडको आयोजनामा साठी लाख बजेट


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गलकोट– तीन वर्षदेखि पहिरो रोकथामको प्रयास नहुँदा बागलुङको दक्षिण भेग जोड्ने सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । पहिरो रोकथामा लागि रु १८ करोडको आयोजना निर्माणको खाका बनाइए पनि बजेट प्राप्त नहुँदा समस्या भएको छ ।

हिउँद होस् वा बर्खा पहिरोका कारण पटक-पटक अवरुद्ध मात्रै हैन सडकको १०० मिटर ट्र्याकनै बगाएपछि  पहिरो नियन्त्रण ठूलो समस्या बनेको छ । तीन वर्षअघिको असारमा पहाड नै खसेर सडक बगाएपछि जिल्लाका दक्षिणी भेग बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको सडक सञ्जाल समस्यामा परेको छ ।

 वैकल्पिक ट्रयाक पनि खोल्न नसक्दा सडक सञ्जालमा दक्षिण भेग टुट्दै आएपछि गण्डकी प्रदेश सरकारको पहलमा दुई पटकसम्म पहिरो समाधानका लागि अध्ययन भएको छ । पहिरो नियन्त्रणका लागि दुई पटक अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार  गरे पनि हालसम्म  कुनै काम भएको छैन बरु पहिरोको अध्ययनमा मात्रै रु ५७ लाख खर्च भएको पाइएको छ । 

पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख दिनेशकुमार घिमिरेले पहिरो रोकथाममा रु १७ करोड ९९ लाख खर्च लाग्ने अन्तिम प्रतिवेदनमा उल्लेख भए पनि चालु आर्थिक वर्षमा जम्मा रु ५० लाख बजेट आउँदा काम गर्न नसकिएको बताए। 

पहिरोको समस्या समाधानका लागि पूर्वाधार कार्यालयमा चालु आर्थिक वर्षमा रु ५० लाख र जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमा रु १० लाख बजेट आए पनि पहिरो नियन्त्रणसम्बन्धी  काम भएको छैन । पर्याप्त बजेट प्राप्त नहुँदा काम गर्न नसकिएको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख घिमिरेले बताए। उनले पहिरोको माथि नाली निर्माण गर्न तत्काल रु चार करोड आवश्यक पर्ने भन्दै रु ५० लाखमा काम गर्न नसकिने बताउँदै बागलुङ नगरपालिकामा उक्त बजेट पठाउन समन्वय गरिरहेको जानकारी दिए। 

तत्काल अस्थायी र भविष्यमा दीर्घकालीन सामाधानका लागि काम गर्नुपर्ने भए पनि उक्त पहिरो अध्ययनमै सीमित हुँदा जनता मारमा परेको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताए।

बागलुङ नगरपालिका–१० गलुवास्थित दब्ल्याङमा पहिरोले गण्डकी प्रदेशसभा मात्र होइन संघीय संसद्मा पनि उठेको विषय हो । सडकको विकल्पमा कालीगण्डकीमाथि बेलिब्रिज निर्माण गर्न सकिने भए पनि तत्कालका लागि त्यो असम्भव भएको छ । कालीगण्डकी कोरिडोर र करिडोरको वैकल्पिक सडकका रुपमा रहेको बागलुङऔकुश्मिसेरा सडकखण्डमा माथिबाट खस्ने पहिरोले दुवै सडक र त्यस क्षेत्रको बस्तीलाई क्षति पुर्‍याउँदै आएको छ । 

अठार करोडको डिपीआर बनेको परियोजनालाई ६० लाख बजेट प्रदेशले पठाउँदा समस्या भएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए। 

पहिरोको दीर्घकालीन समाधान नहुँदा नगरपालिकाको लाखौँ रकम नोक्सान भइरहेको बताउँदै उपप्रमुख खड्काले बर्खामा नगरपालिकाको डोजर गलुवामै राख्नुपर्ने अवस्था रहेको बताए। उनले प्रदेश र संघीय सरकारको सहयोग आवश्यक रहेको बताए।  पहिरो नियन्त्रण र निर्माणका लागि ‘एक्सप्लोरर जियोलोजिकल कन्सल्टेन्सी’ले अध्ययन गरेर रु पाँच करोड लागतमा सडक पुननिर्माण गर्न सुझाव दिएको थियो । पुनः प्रदेश सरकारबाट गरिएको अध्ययनमा रु १७ करोड ९९ लाख खर्च लाग्ने गरी उक्त डिपिआर पास भए पनि काम अगाडि बढ्न नसक्दा समस्या भएको हो । 

सात सय ५० मिटर लामो र एक सय ५० मिटर चौडा पहिरोले सयौँ रोपनी जमिन बगिसकेको छ भने १२ वटा घर जोखिममा परेका छन् । सडक मर्मतका लागि हालसम्म दुई वटा ठूला अध्ययन भए भए पनि त्यो अध्ययनमा मात्र समिति रहेको स्थानीय रामबहादुर भण्डारीले टिप्पणी छ । 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ८ : ५२ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको