इमरान खानका लागि जेलमा सरकारको हरेक महिना ५ लाख ८० हजार खर्च | Khabarhub Khabarhub

इमरान खानका लागि जेलमा सरकारको हरेक महिना ५ लाख ८० हजार खर्च


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका लागि रावलपिंडीको अदियाला जेलमा ७ वटा कक्ष छुट्याएको छ । सामान्यतया कारागारमा १० जना कैदीको सुरक्षाका लागि एकजना कर्मचारी तैनाथ हुन्छन् । तर खानको सुरक्षाका लागि मात्रै १४ सुरक्षाकर्मी अडियाला जेलमा छन् ।

यति मात्र होइन, जेलमा इमरान खानका लागि छुट्टै खाना बनाइन्छ । यो अन्य कैदीहरूलाई दिइँदैन । पाकिस्तानको पञ्जाब सरकारले बुधबार लाहोर उच्च अदालतमा सुनुवाईको क्रममा यो जानकारी दिएको हो । खानको सुरक्षाका लागि हरेक महिना करिब १२ लाख पाकिस्तानी रुपैयाँ अर्थात् करिब ५ लाख ८० हजार नेपाली रुपैयाँ खर्च हुने गरेको सरकारले अदालतमा जानकारी दिएको छ ।

इमरान खान गत वर्ष अगस्टदेखि पाकिस्तानको जेलमा छन् । तोसखाना मुद्दामा उनलाई ३ वर्ष कैद सजाय सुनाइएको थियो । यसबाहेक, पाकिस्तानमा यस वर्ष फेब्रुअरीमा भएको चुनावको केही दिन अघि, खानलाई तीनवटा मुद्दामा कुल ३१ वर्षको सजाय सुनाइएको थियो ।

हाईकोर्टमा सुनुवाइका क्रममा पञ्जाब सरकारका वकिल खालिद इशाकले भने, ‘जेलमा खानको कोठरी वरपरका ६ सेलहरू उनको लागि आरक्षित गरिएको छ । यसबाहेक त्यहाँ थप सीसीटीभीहरू पनि जडान गरिएको छ । इमरानले पाएको धम्कीलाई ध्यानमा राख्दै । उनलाई भेट्नेलाई पनि प्रतिबन्ध लगाइएको छ ।’

खानको सुरक्षालाई ध्यानमा राख्दै लाहोर उच्च अदालतमा उनलाई पूर्ण सुरक्षा उपलब्ध गराउन माग गरिएको छ । अहिले प्रधानन्यायाधीश मलिक शहजाद अहमद खानले मुद्दाको सुनुवाइ १६ अप्रिलसम्मका लागि स्थगित गरेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १० : ०० बजे

रवि लामिछानेको मुद्दा न्यायिक कि राजनीतिक ?

काठमाडौं– पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति

टप एन्ड टी–२० सिरिज: नेपाल ४२ रनले पराजित

काठमाडौं – अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल घरेलु

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’