अन्तर्राष्ट्रिय श्रमिक अधिकारबारे प्रशिक्षण « Khabarhub

अन्तर्राष्ट्रिय श्रमिक अधिकारबारे प्रशिक्षण


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी  (एकीकृत समाजवादी) निकट एकीकृत ट्रेड युनियन महासङ्घले अन्तर्राष्ट्रिय श्रमिक अधिकारबारे यहाँ प्रशिक्षण प्रारम्भ गरेको छ ।

देशका विभिन्न भागका ४० जनाको सहभागिता रहेको प्रशिक्षणमा अन्तर्राष्ट्रिय ट्रेड युनियन अभ्यास, श्रमिक आन्दोलन तथा अधिकार, कम्युनिष्ट आन्दोलनका विकासमा श्रमिकका योगदानलगायत विषयमा छलफल गरिने छ ।

 शनिबारसम्म चल्ने प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय पार्टी स्कुल विभाग सचिव अशेष घिमिरेले ‘क्रान्तिको शिक्षण शास्त्र’ बारेमा प्रशिक्षण दिएका छन् । उनले प्रशिक्षणका क्रममा शिक्षा राजनीतिबाट अलग भएको नभएर राजनीतिसँग एकाकार भएको बताए । 

पार्टीका केन्द्रीय सदस्य तथा सङ्गठनका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद लम्सालले मान्छेको स्वतन्त्रताका लागि संवाद र क्रान्तिकारी  विधिको महत्वपूर्ण भूमिका हुने जानकारी दिए। उनका अनुसार काठमाडौँमा ‘ट्रेनिङ अफ ट्रेनर्स’ कार्यक्रम विभिन्न प्रदेशमा पनि सञ्चालन गरिने छ । 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १० : ३४ बजे

हिमपहिरोमा पर्नुअघि ब्रड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र

धनुषामा बिहान ८ बजेसम्म लागि कर्फ्यु खुकुलो

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बिहीबार जारी गरेको कर्फ्यु

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको