डोल्पाको जुफाल विमानस्थल मर्मत अन्तिम चरणमा | Khabarhub Khabarhub

डोल्पाको जुफाल विमानस्थल मर्मत अन्तिम चरणमा


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

डोल्पा– हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल मर्मतको काम ८५ प्रतिशत सकिएको छ । गत फागुन १६ गतेदेखि बन्द भएको विमानस्थलको धावनमार्ग सम्याउनेलगायत गरेर ८५ प्रतिशत काम सकिएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनीयर वीरप्रसाद शाहीले जानकारी दिए ।

मर्मतका लागि बन्द भएको ३८ दिनमा काम अन्तिम चरणमा पुगेकाले अब ढिलामा एक साताभित्रै सबै काम सम्पन्न हुने शाहीले बताए । ‘डोल्पावासीका लागि यातायातको प्रमुख एवं भरपर्दो साधन हवाई यातायात नै भएकाले अहोरात्र काम भइरहेको छ, त्यसमा पनि स्थानीय युवा व्यवसायीको सक्रियताका कारण पनि काम छिटो भयो’, शाहीले भने ।

सकेसम्म वैशाख १ गतेभित्रै हवाई सेवा सञ्चालन गर्ने योजना रहेको उनले बताए । निर्माणको जिम्मा आजीवन तामाङ मरिन जेभी धादिङले मूल्य अभिवृद्धि करसहित रु छ करोडमा लिएको छ । विमानस्थलको धावनमार्ग कतै उठेको कतै बसेको र केही ठाउँमा चिरा परेर भासिएपछि एक सय ८५ मिटर स्तरोन्नति गरिएको हो ।

धानवमार्ग जीर्ण भएकै कारण सरकारी तथा निजी एयरलाइन्स कम्पनीले पनि पटक–पटक उडान गर्न नसकिने बताउँदै आएका थिए । विमानस्थल मर्मतको काम सकिएपछि सहजरूपमा हवाईजहाज आवतजावत गर्न सकिने नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ७ : २८ बजे

कर्णाली याक्सको ट्यालेन्ट हन्ट आज

सुर्खेत– कर्णाली याक्स स्पोर्टस् प्रालिले सुर्खेतको वीरेन्द्रनगरमा आज (सोमबार) ट्यालेन्ट

पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा…

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी– होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन

प्रिमियर लिग : बोर्नमाउथविरुद्ध म्यानचेस्टर सिटीको सानदार जित

काठमाडौं – प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले