आईपिएल : चेन्नईमाथि हैदरावादको शानदार जित | Khabarhub Khabarhub

आईपिएल : चेन्नईमाथि हैदरावादको शानदार जित


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा साविक विजेता चेन्नई सुपर किंग्समाथि सनराइजर्स हैदरावादले शानदार जित निकालेको छ।

राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले दिएको १६६ रनको लक्ष्य हैदरवाले चार विकेट गुमाएर ११ बल खेल्न बाँकी हुँदै भेटेको हो।

सुरुमा ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो। १६६ रनको लक्ष्य हैदरवादले चार विकेटको क्षतिमा १८ ओभर १ बलमा पूरा गरेको हो।

हैदरावादको जितका लागि एडेन मार्करामले अर्धशतकीय इनिङ खेले उनले उनले ३६ बलमा चार चौका र एक छक्काको मद्दतमा ५० रन बनाएका हुन्। आक्रामक ओपनिङ गरेका अभिषेक शर्माले १२ बलमा ३७ रन बनाउँदा सम्हालिएर खेलेका टेभिस हेडले २४ बलमा ३१ रन जोडे। शाहबाज अहमदले १८ रन जोड्दा नितिश कुमार रेड्डी र हेनरिक क्लासेन नटआउट १४ र १० रनमा समेटिए।

अभिषेक शर्मा।

चेन्नईका लागि मोइन अलीले २ विकेट हात पार्दा महेश थेक्साना र दिपक चाहरले १–१ विकेट लिए।

सुरुमा ब्याटिङ गरेको चेन्नईका लागि शिवम दुबेले सर्वाधिक ४५ रन बनाए। २४ बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे।

अजिंक्य रहाणेले ३५, कप्तान ऋतुराज गायकवाड २६, डेरिल मिचेल १३ र रचिन रविन्द्र १२ रनमा आउट हुँदा रविन्द्र जडेजा ३१ र महेन्द्रसिंह धोनी १ रनमा नटआउट रहे।

हैदरावादका भुवनेश्वर कुमार, शाहबाज अहमद, थांगारासु नटराजन र जयदेव उनादकटले १–१ विकेट लिए।

यो खेलसँगै चेन्नई र हैदरावाद चार खेलमा दुईदुईमा जित निकाल्दै समान चार अंकका साथ रनरेटको आधारमा तेस्रो र पाँचौं स्थानमा छन्।
आईपिएल अन्तर्गत शनिबार राजस्थान रोयल र रोयल च्यालेन्जर्स बैंग्लोरले प्रतिस्पर्धा गर्दैछन्। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ६ : ०४ बजे

पछिल्लो साता ६४ जनामा डेंगुको संक्रमण, संक्रमितको संख्या १ हजार ९ सय नाघ्यो

काठमाडौं– पछिल्लो एक सातामा देशभर ६४ जनामा डेंगु सङ्क्रमण पुष्टि

साउन १ गतेदेखि सबै सार्वजनिक निकायले विद्युतीय भुक्तानी अनिवार्य गर्नुपर्ने

काठमाडौं– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको सुरुवात साउन १ गतेदेखि

मौद्रिक नीति सकारात्मक : नेपाल चेम्बर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि

शंकर पोखरेलविरुद्ध आक्रमक कर्ण थापा- अध्यक्ष ओलीलाई गुमराहमा राखेर आफैं मुखिया बन्न खोजेको आरोप

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पछिल्लो समय

रसुवा बाढीपीडितको राहत, उद्धार र पुनः स्थापनामा सांसदको जोड

काठमाडौं– सांसदहरूले यही असार २४ गते बिहान सुप्राग्लेशियर ताल फुट्दा