आईपिएल : चेन्नईमाथि हैदरावादको शानदार जित « Khabarhub

आईपिएल : चेन्नईमाथि हैदरावादको शानदार जित


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा साविक विजेता चेन्नई सुपर किंग्समाथि सनराइजर्स हैदरावादले शानदार जित निकालेको छ।

राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले दिएको १६६ रनको लक्ष्य हैदरवाले चार विकेट गुमाएर ११ बल खेल्न बाँकी हुँदै भेटेको हो।

सुरुमा ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो। १६६ रनको लक्ष्य हैदरवादले चार विकेटको क्षतिमा १८ ओभर १ बलमा पूरा गरेको हो।

हैदरावादको जितका लागि एडेन मार्करामले अर्धशतकीय इनिङ खेले उनले उनले ३६ बलमा चार चौका र एक छक्काको मद्दतमा ५० रन बनाएका हुन्। आक्रामक ओपनिङ गरेका अभिषेक शर्माले १२ बलमा ३७ रन बनाउँदा सम्हालिएर खेलेका टेभिस हेडले २४ बलमा ३१ रन जोडे। शाहबाज अहमदले १८ रन जोड्दा नितिश कुमार रेड्डी र हेनरिक क्लासेन नटआउट १४ र १० रनमा समेटिए।

अभिषेक शर्मा।

चेन्नईका लागि मोइन अलीले २ विकेट हात पार्दा महेश थेक्साना र दिपक चाहरले १–१ विकेट लिए।

सुरुमा ब्याटिङ गरेको चेन्नईका लागि शिवम दुबेले सर्वाधिक ४५ रन बनाए। २४ बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे।

अजिंक्य रहाणेले ३५, कप्तान ऋतुराज गायकवाड २६, डेरिल मिचेल १३ र रचिन रविन्द्र १२ रनमा आउट हुँदा रविन्द्र जडेजा ३१ र महेन्द्रसिंह धोनी १ रनमा नटआउट रहे।

हैदरावादका भुवनेश्वर कुमार, शाहबाज अहमद, थांगारासु नटराजन र जयदेव उनादकटले १–१ विकेट लिए।

यो खेलसँगै चेन्नई र हैदरावाद चार खेलमा दुईदुईमा जित निकाल्दै समान चार अंकका साथ रनरेटको आधारमा तेस्रो र पाँचौं स्थानमा छन्।
आईपिएल अन्तर्गत शनिबार राजस्थान रोयल र रोयल च्यालेन्जर्स बैंग्लोरले प्रतिस्पर्धा गर्दैछन्। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ६ : ०४ बजे

नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

लिस्बन– नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुँदैछ

फागुन ७ स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको दिन जनताको

‘उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र

आहा रारा गोल्डकप : दोस्रो सेमिफाइनलमा आज आभा एफसी र जावलाखेल भिड्ने

पोखरा– आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनलको

भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु

चितवन– चितवनको भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु भएको छ ।