पोर्चुगलमा बिरामी परेका प्रेमबहादुरको विचल्ली « Khabarhub

पोर्चुगलमा बिरामी परेका प्रेमबहादुरको विचल्ली


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिस्वन- वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली गम्भीर रोगका कारण थला परेका छन् । सात महिनादेखि पोर्चुगलमा काम गर्दै आएका सङ्खुवासभाको मकालु गाउँपालिकाका ३९ वर्षीय प्रेमबहादुर गुरुङ दुवै मिर्गौलाले काम गर्न छाडेपछि विचल्लीमा परेका हुन्।

गुरुङले एक महिनादेखि डायलाइसिस गर्दै आएका छन् । उनी उच्च रक्तचाप र मधुमेहबाट समेत ग्रसित छन् । असार १९ गते सामान्य उपचारका लागि स्वास्थ्य केन्द्र पुगेका गुरुङले मिर्गौला पीडित भएको थाहा पाउनुभएका हुन् । ११ लाख खर्च गरी उनी पोल्याण्ड पुगेका थिए । आर्थिक अवस्था कमजोर भएका गुरुङको उपचारमा समस्या भएको छ ।

चिकित्सकले २ महीनासम्म डाइलासिस गर्नुपर्ने र सुधार नभए मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएको गुरुङले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ७ : १० बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा