कोपिलाको उपचार खर्च जुटाउन रेखा थापाको पहल | Khabarhub Khabarhub

कोपिलाको उपचार खर्च जुटाउन रेखा थापाको पहल


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले पहल सुरु गरेकी छिन्  । 

भारतको पञ्जाबमा भएको दुर्घटनामा घाईते कोपिलाको उपचारको लागि  रेखाले व्यक्तिगत रूपमा सहयोग गर्दै उपचार खर्च जुटाउन पहल थालेकी बताईन्। 

एक साताअघि एक कार्यक्रममा सहभागी भएर भारतको पञ्चकुलातिर फर्किनेक्रममा कोपिला चढेको कार ब्रेकफेल भएर दुर्घटना हुँदा उनी घाइते भएकी थिइन् । उनको ढाडको शल्यक्रिया गरेर स्टिल राखिएको छ । 

कम्मरभन्दा मुनिको शरीर चल्दैन । कोपिलाले दर्जनौं नेपाली चलचित्र र टेलिचलचित्रमा अभिनय गरेकी छन्। रेखाले सबैले सहयोग गरेर उनको ज्यान जोगाइदिन आग्रह गरेकी छिन्  ।

उनीसँगै कारमा सवार यात्रु रूपा थापाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  २ : ०४ बजे

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

काठमाडौं – ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क