प्रधानमन्त्रीले गरे जुगल हिमाल आरोहण दललाई नेपाली झन्डा हस्तान्तरण | Khabarhub Khabarhub

प्रधानमन्त्रीले गरे जुगल हिमाल आरोहण दललाई नेपाली झन्डा हस्तान्तरण


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुगल हिमाल आरोहण टोलीलाई नेपाली झन्डा हस्तान्तरण गरेका छन् । नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ५०औँ वर्षका अवसरमा उक्त टोलीले जुगल हिमाल आरोहण गर्न लागेको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले प्रख्यात आरोही उम होङ गिलसहितका आरोही दलका सदस्यलाई नेपाली झन्डा हस्तान्तरण गरे । सरकारले जुगल प्रथम ९६ हजार पाँच सय अग्लो हिमाललाई गत वर्षदेखि आरोहणका लागि खुला गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले आरोहण दलका सदस्यलाई सफल आरोहणको सफलताको कामना गरे। उनले यस कदमले नेपाल र दक्षिण कोरियाबीचको मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । जुगल हिमाल आरोहणबाट पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाल र दक्षिण कोरियाबीच सहयोगका विविध क्षेत्रमा भइरहेका प्रगतिको मुक्तकण्ठले प्रशंसा गरे।

प्रधानमन्त्री दाहालले पछिल्लो पटक राष्ट्रसङ्घको महासभाका बेला दक्षिण कोरियाली राष्ट्रपतिसँग आफ्नो भेटवार्ता भएको र सो अवसरमा आफूलाई दक्षिण कोरिया भ्रमणको निम्तो दिएको स्मरण गरे। उनले दक्षिण कोरिया भ्रमणको तयारी भइरहेको जानकारी दिए। 

सो अवसरमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेई योङ, सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य माधव सापकोटा, बाग्मती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, नेपाल पर्वतारोहण सङ्घका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका पदाधिकारीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  २ : ४८ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन