राज्य रूपान्तरणका लागि आन्दोलनको रूपान्तरण जरुरी : अग्नि सापकोटा « Khabarhub

राज्य रूपान्तरणका लागि आन्दोलनको रूपान्तरण जरुरी : अग्नि सापकोटा


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले अहिले सिंगो राज्य रूपान्तरणका लागि आन्दोलनको रूपान्तरण र शुद्धीकरण जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित तिलक शर्मा हिमालद्वारा लिखित संस्करण–सङ्ग्रह ‘वन्द पर्खाल’ को सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष सापकोटाले सो कुरा बताएका हुन् । सापकोटाले रूपान्तरणको प्रक्रियामा जाँदा विचारलाई अघि बढाउनुपर्ने भन्दै अहिलेको मुख्य कार्यभार भनेको वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक पुनर्गठन रहेको उल्लेख गरे । 

त्यस्तै उनले विचारको शून्यताले गर्दा देश पूरै अराजकतातिर गइरहेको भन्दै सुशासन र लोकतन्त्रको शक्तिशाली सन्देश दिनुपर्ने संघीय सांसदका शब्द चयन र वाक्यप्रति असन्तुष्टि व्यक्त गरे। उपाध्यक्ष सापकोटाले हरेक देशका सांसदहरू नै लोकतन्त्रका आत्मा भएको धारणा राखे । 

उनले विचारअनुसारकै राजनीतिक दिशा हुने भएकाले जनताको विश्वास जित्दै हिजो असाधारण युद्धमा सामेल भएकाहरू एकजुट हुन सके कसैले रोक्न नसक्ने दाबी गरे । उनले एकताबद्ध भएर समाजवादको विचारधारा तयार पार्न आजैदेखि लागिपर्नु पर्नेमा जोड दिए ।

उपाध्यक्ष सापकोटाले नेपालको कृषि , जलविद्युत र प्रविधिमा आधुनिकीकरण गरी उद्योग धन्दाको विकास गर्न सके मुलुकले फड्को मार्ने उल्लेख गरे। त्यस्तै उनले मुलुकको राष्ट्रिय सुरक्षा संवेदनशील अवस्थामा रहेकाले त्यही अनुसार तयारी गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ४ : १४ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी