राज्य रूपान्तरणका लागि आन्दोलनको रूपान्तरण जरुरी : अग्नि सापकोटा « Khabarhub

राज्य रूपान्तरणका लागि आन्दोलनको रूपान्तरण जरुरी : अग्नि सापकोटा


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले अहिले सिंगो राज्य रूपान्तरणका लागि आन्दोलनको रूपान्तरण र शुद्धीकरण जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित तिलक शर्मा हिमालद्वारा लिखित संस्करण–सङ्ग्रह ‘वन्द पर्खाल’ को सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष सापकोटाले सो कुरा बताएका हुन् । सापकोटाले रूपान्तरणको प्रक्रियामा जाँदा विचारलाई अघि बढाउनुपर्ने भन्दै अहिलेको मुख्य कार्यभार भनेको वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक पुनर्गठन रहेको उल्लेख गरे । 

त्यस्तै उनले विचारको शून्यताले गर्दा देश पूरै अराजकतातिर गइरहेको भन्दै सुशासन र लोकतन्त्रको शक्तिशाली सन्देश दिनुपर्ने संघीय सांसदका शब्द चयन र वाक्यप्रति असन्तुष्टि व्यक्त गरे। उपाध्यक्ष सापकोटाले हरेक देशका सांसदहरू नै लोकतन्त्रका आत्मा भएको धारणा राखे । 

उनले विचारअनुसारकै राजनीतिक दिशा हुने भएकाले जनताको विश्वास जित्दै हिजो असाधारण युद्धमा सामेल भएकाहरू एकजुट हुन सके कसैले रोक्न नसक्ने दाबी गरे । उनले एकताबद्ध भएर समाजवादको विचारधारा तयार पार्न आजैदेखि लागिपर्नु पर्नेमा जोड दिए ।

उपाध्यक्ष सापकोटाले नेपालको कृषि , जलविद्युत र प्रविधिमा आधुनिकीकरण गरी उद्योग धन्दाको विकास गर्न सके मुलुकले फड्को मार्ने उल्लेख गरे। त्यस्तै उनले मुलुकको राष्ट्रिय सुरक्षा संवेदनशील अवस्थामा रहेकाले त्यही अनुसार तयारी गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ४ : १४ बजे

महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी भर्ना गरिने

जलेश्वर– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीमा तीन हजार ९१२ निर्वाचन

आजदेखि गैँडाकोट महोत्सव

नवलपुर– चौथो संस्करणको गैँडाकोट महोत्सव एवं व्यापार मेलाको तयारी पूरा

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छन्

प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को टिजर सार्वजनिक

काठमाडौं – नेपाली नायक प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को

एकताबद्ध भएर निर्वाचनमा जान कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको अपिल

काठमाडौं– नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले नेतृत्व तहलाई विशेष महाधिवेशनमार्फत एकताबद्ध