बझाङ प्रदेशसभाको उपनिर्वाचनमा १२ जनाको उम्मेदवारी दर्ता « Khabarhub

बझाङ प्रदेशसभाको उपनिर्वाचनमा १२ जनाको उम्मेदवारी दर्ता


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

बझाङ- बझाङमा प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि १२ जनाको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङका अनुसार बेलुकी ५ बजेसम्मको समयभित्र १२ जनाको उम्मेदवारी परेको हो । 

उम्मेदवार दर्ता गर्नेमा नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा माओवादी केन्द्रबाट जनक बुढा, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी राष्ट्रिय मातृभूमि पार्टीबाट विनोदबहादुर थापा, नेपाल मजदुर किसा पार्टीबाट खगेन्द्र बहादुर शाही, नेशनल रिपब्लिक नेपालबाट कमल घर्तिमगर, राप्रपाबाट किशोर कुमार खड्का र जनता समाजवादी पार्टीबाट रामबहादुर जाग्री रहेका छन् ।

त्यस्तै नेपाल जनता दलबाट अशोक सुनार, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का र जनमत पार्टीबाट सुशीला देबी विष्टको उम्मेदवारी परेको ।

२०७९ मङ्सिर ४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ६ : ५८ बजे

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत

रोल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो

रोल्पा – रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं – पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

रेसुङ्गामा श्रद्धालुको घुइँचो

गुल्मी – रेसुङ्गामा श्रद्धालुहरुको घुइँचो लागेको छ। रेसुङ्गा धार्मिक क्षेत्र

इन्टर मियामी लिग कपबाट बाहिरियो

काठमाडाैं – अर्जेन्टिनाका स्टार लियोनेल मेसी बुबा जर्जको निधनपछि पहिलोपटक