पूर्वराजाले मागे ‘सर्वपक्षीय सम्मेलन’ « Khabarhub

पूर्वराजाले मागे ‘सर्वपक्षीय सम्मेलन’


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

जुम्ला-  आफ्नो स्वेच्छाले गद्दी त्यागेर नागरिक बनेको बताउँदै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि राजनीतिक माग अगाडि सारेका छन् । उनले सरकारसँग वार्ता, सम्वाद र सर्वपक्षीय सम्मलेनको माग गरेका छन् ।

शनिबार जुम्लाको खलंगामा विशाल जनसमूहको उपस्थितिमा पूर्वराजा ज्ञानेन्द्रले सम्वोधन गर्ने क्रममा सर्वपक्षीय सम्मलेनको माग गरेका हुन् ।

सम्वोधनमा उनले भने,‘सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाउँ, मार्ग सुधार गरौं, नयाँ सम्वाद, नयाँ वार्तालाभ, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौं भन्ने जनमत बढ्दै गइरहेको छ ।’

पूर्वराजा शाहले भनेका छन्,‘अब सुध्रौं, अब चेतौं ।’

राजतन्त्र पक्षधर राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जितेको जुम्ला जिल्लामा ज्ञानेन्द्र पुग्दा ठूलो भीडले उनको स्वागत गरेको थियो ।

हिमाली जिल्लामा भएको यो उपस्थितिबाट उत्साहित हुँदै राप्रपा केन्द्रीय सदस्य खुस्बु ओलीले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘समयको माग ‘नवीन समझदारी ।’ आज जुम्लामा गणतन्त्रको जग हल्लिएको दिन ।’

 

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १० : ४२ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री

पोखरा आइपुग्यो फ्लाइ दुबईको विमान, आजै यात्रु लिएर फर्कने 

काठमाडौं– फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान