२२ स्थानीय तहको उपचुनाव मंसिरमा गर्ने तयारी « Khabarhub

२२ स्थानीय तहको उपचुनाव मंसिरमा गर्ने तयारी


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभरिबाट रिक्त रहेका स्थानीय तहका २२ पदमा आगामी मंसिरमा उपचुनाव गर्ने सरकारले तयारी थालेको छ ।

निर्वाचन आयोगसँगको छलफलपछि आइतबार गृहमन्त्री रवि लामिछानले स्थानीय तहको उपचुनाव आगामी मंसिरमा गर्नेबारे छलफल भएको बताए ।

निर्वाचन आयोगका अनुसार हालसम्म स्थानीय तहका २२ पद रिक्त छन् । आगामी मंसिरसम्म यो संख्या अरु बढ्न सक्ने आयोगको भनाइ छ ।

आयोगले दिएको जानकारी अनुसार कैलाली र ओखलढुंगामा जिल्ला समन्वय समितिका प्रमुखहरुको पद रिक्त बनेको छ ।

त्यसैगरी रौटहटको मौलापुर नगरपालिकाको प्रमुख पद रिक्त रहेको आयोगको भनाइ छ ।

आयोगका अनुसार दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पद पनि रिक्त छ ।

त्यसैगरी देशभरिका १७ वटा वडाध्यक्ष पद रिक्त रहेकाले त्यहाँ पनि उपचुनाव गर्नुपर्ने आयोगले गृहमन्त्री लामिछानेलाई जानकारी गराएको छ ।

यसअघि निर्वाचन आयोगले स्थानीय तहको उपचुनाव पनि बैशाख १५ मा इलाम र बझाङसँगै गर्न सरकारलाई सुझाएको थियो । तर, कांग्रेस र माओवादीको गठबन्धन सरकारले स्थानीय तहको उपचुनाव सँगै गर्न नमानेको आयोगका पदाधिकारीको गुनासो छ ।

यो पनि-

निर्वाचन कानून चाँडै फेर्ने हुटहुटीमा छु : रवि लामिछाने

निर्वाचन आयोगको चाहना : समानुपातिक मतपत्र हटाउने, राष्ट्रिय पार्टीको परिभाषा फेर्ने

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  २ : २० बजे

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज