संसद् भवन निर्माण प्रक्रिया ढिलाइमा सभामुखको असन्तुष्टि « Khabarhub

संसद् भवन निर्माण प्रक्रिया ढिलाइमा सभामुखको असन्तुष्टि


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको निर्माण सुस्त गतिमा भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

आइतबार निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गर्दै सभामुख घिमिरेले सरकारको प्राथमिकतामा परेको आयोजना छिटो बनोस् भन्ने चाहना रहे पनि तोकिएको समयमा निर्माण नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले निर्माणाधीन सङ्घीय संसद् भवन कहिले बन्छ भन्दा पनि आशा गर्ने ठाँउमात्रै रहेको जिकिर गरे । सभामुख घिमिरेले संसद् भवन निर्माणमा देखिएका समस्या र अप्ठेराहरूलाई समाधान गर्न आफूले पहल गर्ने बताए ।

एक वर्षपछि अनुगमनमा आउँदा यसअघि जुन गतिमा निर्माण हुनुपर्ने हो त्यसको ५० प्रतिशत मात्रै काम भएको देखिएको उनले बताए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सक्ने लक्ष्य अनुसार काम सुरु गरे पनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिँदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ६ : ११ बजे

आज २०८३ साल जेठ १४ गते बिहीबारको राशिफल

काठमाडौं – २०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन