टी–२० विश्वकपका लागि नेपालको जर्सी सार्वजनिक « Khabarhub

टी–२० विश्वकपका लागि नेपालको जर्सी सार्वजनिक


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकपमा प्रयोग हुने राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।

क्यानले विश्वकपमा केल्मीले निर्माण गरेको नयाँ जर्सी प्रयोग गर्ने छ । कार्यक्रममा खेलकुदमन्त्री श्रेष्ठले खेल क्षेत्रको बिकासका लागि सरकारले पछिल्लो समय निरन्तर काम गरिरहेको बताए । खेलकुदमा निजि क्षेत्रलाई पनि आवद्धता गर्न छलफल सुरु भइसकेको उनले बताए ।

मन्त्री श्रेष्ठले सवै जिम्मेवार र इमान्दारीपूर्वक अघि बढे यसमा निकै सुधार गर्न सकिने धारणा राखे । त्यस्तै राखेप सदस्यसचिव घिसिङले विश्वकपका लागि तयारी गर्न बजेटको कुनै कमि हुन नदिने बताए ।

टी–२० विश्वकप आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । नेपाली टोलीले सन् २०१४ पछि दोस्रोपटक विश्वकपमा सहभागिता जनाउन लागेको हो ।

विश्वकपमा नेपालसहित २० टोलीले सहभागिता जनाउँदै छन् । नेपाल रहेको समूह डीमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । शीर्ष दुईमा रहने हरेक समूहका दुई दुई टोली सुपर ८ मा पुग्नेछन् ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ८ : ३४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना