इटालियन सिरी ए : इन्टर मिलानको जित « Khabarhub

इटालियन सिरी ए : इन्टर मिलानको जित


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ । गएराति भएको खेलमा उडिनेसलाई २–१ गोलले हराउँदै इन्टर मिलानले उपाधि सम्भावनालाई बलियो बनाएको छ ।

इन्टरका हाकान काल्हानोग्लु र डेभिड फ्रास्टेसीले एक–एक गोल गरेका थिए । उडिनेसका लाजार समार्दजिकले एक गोल गरेका थिए । उनले खेलको ४०औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । उक्त अग्रतालाई जोगाउन नसक्दा उडिनेस पराजित हुन पुग्यो ।

यो खेलपछि इन्टर मिलान ३१ खेलबाट ८२ अंकसहित शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको एसी मिलानको ६८ अंक छ । पराजित भएको उडिनेस २८ अंकसहित १५औँ स्थानमा छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ९ : ३५ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु