गुरुङ समुदायले हर्षोल्लासका साथ मनाए ट्होटें पर्व « Khabarhub

गुरुङ समुदायले हर्षोल्लासका साथ मनाए ट्होटें पर्व


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

कास्की । चर्खादेखि खर्क अनि भेडीगोठको झल्को । गुरुङ वेशभूषामा सजिएकाको उस्तै जमघट । राक्षससँगै भूतप्रेतको भेष । कोही बुख्याचा भेषमा थिए त कोही राक्षस । विभिन्न जनावर, भूतप्रेतका चित्रजस्ता मुकुन्डो, कालोमोसोले रङ्गीबिरङ्गी झाँकी ।

तमु समुदायको उपस्थितिमा सांस्कृतिक झाँकीसहितको ट्होटें पर्व पदयात्रा पोखरा महानगरपालिका–९ नयाँबजारस्थित तमु धिं नेपालको प्राङ्गणबाट सुरु भयोे । गुरुङ समुदायको मौलिक पर्व ‘ट्होटें’ मनाउन समुदायका व्यक्तिको ठूलो जमघटले वरपरको वातावरण नै उल्लासमय देखिन्थ्यो । उनीहरु मौलिक नृत्य प्रस्तुत गर्दै सभागृह हल पुगे ।

पदयात्रा पोखरा सभागृह हलमा पुगेर मूल समारोहमा परिणत भएको थियो । कार्यक्रममा पोखरा महानगरका प्रमुख धनराज आचार्यले तमुको मौलिक चाडपर्वमध्ये ‘ट्होटें’ पर्वले सकारात्मक ऊर्जा पैदा हुने जनविश्वास रहेको बताए । गुरुङ जातिको भाषा, संस्कृति, रीतिरिवाज, चाडपर्व, वेशभूषाले पोखरा समृद्ध बनाउन ठूलो योगदान पुगेको उनको भनाइ छ ।

गुरुङ समुदायले आफ्नो मौलिकता पुस्तान्तरणमा ठूलो भूमिका खेलेको प्रमुख आचार्यले बताए । उनले भने, “भाषा, साहित्य, संस्कृति र मौलिकतालाई आजको पुस्ताले भोलिको पुस्तालाई देखाउन सकेन भने त्यो लोप हुँदै जान्छ ।” प्रमुख आचार्यले ट्होटेंसहित तमुहरुको भाषा, संस्कृति, रीतिरिवाज, चाडपर्व, वेशभूषा जोगाउन महानगरले साथ दिने बताए ।

गाउँबस्ती, संस्कार, संस्कृति विकास गर्ने क्रममा दुःख दिने शत्रुबैरीलाई गाउँबस्तीबाट हटाउन परापूर्वकालदेखि नै ट्होटें मनाउने गरिएको तमु धिं नेपालका अध्यक्ष हुम गुरुङले बताए । उनले भने, “ट्होटें तमु (गुरुङ) हरुको ऐतिहासिक पर्व हो । यो हाम्रो सभ्यता, सद्भाव र संस्कृतिका साथै प्रकृतिसँग जोडिएको छ ।”

गुरुङ समुदायले हरेक वर्षको दुई पटक ट्होटें मनाउँदै आएका छन् । साउन उद्यौली र चैतमा उभौलीका रुपमा यो पर्व मनाइने गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । पोखरामा विसं २०५२ देखि व्यवस्थितरुपमा यो पर्व मनाउन थालिएको उनले बताउ ।

कास्कीको पोखरासहित र आसपासका जिल्लाका गुरुङ बाहुल्य बस्तीमा यो पर्वलाई हर्षोल्लासका साथ मनाउने गरिएको अध्यक्ष गुरुङको भनाइ छ । आज गुरुङ समुदय भएका अधिकांश गाउँमा यो पर्व मनाइएको उनले बताए ।

कास्कीको विभिन्न स्थानसँगै गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट पोखरा बस्दै आएका गुरुङ समुदायले ट्होटें पर्व हर्षोल्लासका साथ मनाएका तमु धिं नेपालकी महासचिव जुनाकुमारी गुरुङले बताए ।

परापूर्वकालमा आफ्नो राज्यमा शत्रुको प्रवेश रोक लागाउने र आएकालाई लखेट्नका लागि ट्होटें खेल्ने प्रचालन रहेको अग्रज बताउँछन् । अहिले परिवर्तित समयानुसार एकताको सन्देशसहित ट्होटें पर्व मनाइएको महासचिव गुरुङले बताए ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ११ : ०२ बजे

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन

बाढीले चीनको केरूङतर्फ पनि ठूलो क्षति, दर्जनौँ मानिस बेपत्ता

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट चीनतर्फ पनि ठूलो