लामिछाने गृहमन्त्री भएदेखि सहकारी ठगीको छानबिन अवरुद्ध भयो : कांग्रेस « Khabarhub

लामिछाने गृहमन्त्री भएदेखि सहकारी ठगीको छानबिन अवरुद्ध भयो : कांग्रेस


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति गठन गर्न पुनः माग गरेको छ ।

आज प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रामहरी खतिवडाले सहकारी ठगीमा गृहमन्त्री लामिछानेको नाम देखिएकाले उनीमाथि छानबिन गर्नुपर्ने धारणा राखेका छन् ।

प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले सांसद खतिवडालाई समय दिएका थिए । खतिवडाले लामिछाने गृहमन्त्री बनेदेखि सहकारी ठगिको छानबिन अवरुद्ध भएको दाबी समेत गरे ।

उनले सांसद खतिवडाले प्रधानमन्त्रीले पनि सहकारी ठगको बचाउ गरेको आरोप लगाउँदै संसदीय छानिबन आवश्यक रहेको बताए ।

सांसद खतिवडाले आफूहरुका माग सरकारले नसुनेको बताउदै सहकारीको एक अर्ब भन्दा बढी गोरखा मिडियामा लगानी भएको र सो मिडियाको प्रबन्ध निर्देशक लामिछाने रहेकाले छानबिनको माग गरेको बताए ।

उनले आफूहरुले कसैप्रति पूर्वाग्रह नराखेको बताउदै दोषी नभए छानबिनका लागि किन तयार नभएको भन्दै प्रश्न गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको प्रमुखको रुपमा बोलेर दोषी उम्काउने प्रयास गरेको आरोप लगाए । यसले सरकारले संसद चल्न नदिने नियत राखेको आशंका पैदा भएको बताए ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १२ : ४४ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली