संसद् अवरुद्धको जिम्मेवारी सरकारले लिनुपर्छ : सुशीला थिङ « Khabarhub

संसद् अवरुद्धको जिम्मेवारी सरकारले लिनुपर्छ : सुशीला थिङ


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले संसद् अवरुद्धको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् ।

बुधबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै थिङले करिब १ महिनादेखि प्रतिपक्षीले उठाएका विषयमा सरकार गम्भीर नभएका कारण सदन अवरुद्ध भएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी हुन् ।

अहिले सहकारी प्रकरणको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको माग महत्त्वपूर्ण भएकाले यसमा निष्कर्षमा पुगेपछि सदनमा विशेष महत्वको प्रस्ताव लगायत अन्य विधेयकमा छलफल गर्न सकिने उनले बताइन् । उनले आफ्ना मागका बारेमा ध्यानाकर्षण गराउन कांग्रेसले चाहेको कदम गलत भएको दाबी गरिन् ।

त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले अहिलेका विषयहरूलाई टुङ्गोमा पुराउन छलफललाई निरन्तरता दिनुपर्ने बताए । देश र जनताको हितमा दलहरूले काम गर्नुपर्ने भन्दै कांग्रेसले ढिलाइ गरे पनि सहमतिमा पुगेरै छाड्ने उनले बताए ।

सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै बुधबार पनि कांग्रेसले सदन अवरुद्ध गरेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ३ : २६ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली