संसद् अवरुद्धको जिम्मेवारी सरकारले लिनुपर्छ : सुशीला थिङ « Khabarhub

संसद् अवरुद्धको जिम्मेवारी सरकारले लिनुपर्छ : सुशीला थिङ


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले संसद् अवरुद्धको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् ।

बुधबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै थिङले करिब १ महिनादेखि प्रतिपक्षीले उठाएका विषयमा सरकार गम्भीर नभएका कारण सदन अवरुद्ध भएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी हुन् ।

अहिले सहकारी प्रकरणको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको माग महत्त्वपूर्ण भएकाले यसमा निष्कर्षमा पुगेपछि सदनमा विशेष महत्वको प्रस्ताव लगायत अन्य विधेयकमा छलफल गर्न सकिने उनले बताइन् । उनले आफ्ना मागका बारेमा ध्यानाकर्षण गराउन कांग्रेसले चाहेको कदम गलत भएको दाबी गरिन् ।

त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले अहिलेका विषयहरूलाई टुङ्गोमा पुराउन छलफललाई निरन्तरता दिनुपर्ने बताए । देश र जनताको हितमा दलहरूले काम गर्नुपर्ने भन्दै कांग्रेसले ढिलाइ गरे पनि सहमतिमा पुगेरै छाड्ने उनले बताए ।

सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै बुधबार पनि कांग्रेसले सदन अवरुद्ध गरेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ३ : २६ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक