यो दशैंलाई छैन नयाँ नोट, क्यूआरले काम चलाउने कि ? | Khabarhub Khabarhub

यो दशैंलाई छैन नयाँ नोट, क्यूआरले काम चलाउने कि ?


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले यो दशैंमा नयाँ नोट वितरण नगर्ने जानकारी दिइसकेको छ । दशैैंमा नयाँ नोट वितरण नहुने भएकाले सुकिला नोटले काम चलाउन आग्रह नै गरेको छ ।

बहुसांस्कृतिक देश भएपनि धेरै नेपालीहरूले मनाउने दशैंलाई राज्यले विशेष महत्व दिँदै आएको छ । जसकारण राष्ट्र बैंकले पनि दशैंलाई मध्यनजर गर्दै नयाँ नोट छाप्ने र वितरण गर्ने गरेको थियो ।

तत्कालीन राजा त्रिभुवन र राणा प्रधानमन्त्री जुद्धशमशेरका पालामा वि.सं. २००२ मा नेपालमा पहिलो बैंक नोट जारी भएको थियो । नोट प्रयोग शुरु भएको ७९ वर्षदेखि मुख्यतः विजयादशमीका दिन टिकाटालोमा दक्षिणास्वरुपः कट्कटिएका नयाँ नोट दिने चलन छँदैछ ।

तर, यस पटकको दशैंमा भने सो प्रक्रियाले निरन्तरता नपाउने भएको हो । जसकारण यो दशैंमा खर्च व्यवस्थापन लगायत टिका लगाउने क्रममा पुरानै सुकिला नोटले काम चलाउनुपर्ने भएको छ ।

केही वर्षयता चलेको अभ्यास हेर्दा भने खासगरी शहरीया जीवनमा बैंक नोट भन्दा पनि डिजिटल कारोबार अभ्यास बढ्दैछ । हाल अधिकांश शिक्षित युवासँग डिजिटल भुक्तानी पहुँच भएका भएका कारण यो अभ्यास क्रमशः भुक्तानी शैली नै बन्न थालेको छ । दैनिक उपभोग्य सामग्री तथा बस्तु तथा सेवा खरिद–बिक्रीमा डिजिटल कारोबारको अभ्यास बढ्दो छ ।

त्यसैले अहिलेको दशैंमा नयाँ नोट नपाइने अवस्थालाई पनि ख्याल गरेर टिका लगाउँदा दक्षिणाको डिजिटल कारोबार गर्ने कि ! टिका लगाउँदा नोट वा सिक्का लेनदेनको साटो डिजिटल दक्षिणा देशका मुख्यतः ग्रामीण भूभागमा पक्कै अप्ठ्यारो वा नौलो हुनसक्छ ।

तर, डिजिटल कारोबारको अभ्यास गरेकाहरूले यसपटकको दशैंमा डिजिटल दक्षिणा सुरु गरिदिँदा अर्को वर्षदेखि यसले निरन्तरता पाउन सक्छ ।

‘अभ्यास नगरेकालाई पनि क्यूआर दिन सकिन्छ’

डिजिटल कारोबार नगर्ने वृद्धवृद्धाहरूले पनि कुनै न कुनै बैंकमा खाता खोजेका हुन्छन् । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता अनिवार्य गरेकाले वृद्धवृद्धाहरू बैंकिङ पहुँचमा पुगेका हुन् ।

डिजिटल कारोबारको विषयमा जानकारी नभएका, तर बैंक खाता भएका आफ्ना आमाबुवा तथा हजुरबुवा हजुरआमाहरूको लागि छोराछोरी वा नातिनातिनाले दशैंको दक्षिणा जम्मा गर्न क्यूआर प्रिन्ट गरेर ल्याइदिन सक्छन् । साथै खाता नखोलेकाहरूका लागि पनि बैंक खाता खोलेर क्यूआर प्रिन्ट गरेर दिन सकिन्छ ।

सामान्यतयाः दशैंमा ठूलाबडासँग टिका थापेपछि उनीहरूलाई दक्षिणा दिने चलन धेरै समुदायमा भएको पाइन्छ । त्यसैले उनीहरूको नाममा प्रिन्ट गरेर ल्याएका क्यूआरमा नाम लेखिदिएर टिका लगाउने स्थलमा राखिदिएपछि सबैले त्यहाँ सजिलै दक्षिणा जम्मा गर्दिन सक्छन् ।

त्यस्तै पछिल्लो केही वर्षयता धेरैको घरमा आफ्ना साना नानीबाबुहरूको नाममा बैंक खाता खोल्दिने र बचत गर्ने प्रचलन पनि बढ्दै गएको छ । त्यसरी खाता खोलिएका नानीबाबुरूको खाताको क्यूआर यो दशैंमा प्रयोग गर्न सकिन्छ । जसले गर्दा साना नानीबाबुहरूले पनि टिका थाप्दा आफ्नो क्यूआर देखाएर दक्षिणा लिन सक्छन् ।

अन्य बैंक तथा भुक्तानी प्रणालीबाट नियमित कारोबार गर्नेहरूलाई भने क्यूआरबाट दक्षिणा लिन र दिन कुनै गाह्रो विषय बन्दैन । किनकी उनीहरू त्यसमा अभ्यस्त भैसकेका छन् ।

त्यसैले यसपालिको दशैंमा राष्ट्र बैंकले नयाँ नोट नदिएको अवस्थालाई हामीले अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पार्नेगरी दक्षिणामा समेत डिजिटल प्रयोगलाई अगाडि बढाउन सक्छौं ।

किन छापेन राष्ट्र बैंकले नयाँ नोट ?

राष्ट्र बैंकले सुकिला नोट केन्द्रीयदेखि सबै बैंकहरूमा समेत साट्न पाइने जनाएको छ । सधैँका दशैंमा नयाँ नोट प्रकाशन गर्दै आएको राष्ट्र बैंकले केही कारण देखाउँदै यो दशैंमा नयाँ नोट नछाप्ने निर्णय गरेको प्रवक्ता रामु पौडेलले बताएका छन् ।

पछिल्लो समयमा डिजिटल कारोबार बढ्दै गएको र नयाँ नोटको मागमा कमी आएको दाबी गर्दै पौडेलले छापिएका नोटहरू प्रयोगमा आउन छाडेकाले नयाँ नोट छाप्नुपर्ने आवश्यकता नदेखिएको बताए ।

‘छापिएका नोट एकपटक मात्रै प्रयोग भएपछि राष्ट्र बैंकमा फर्किएर फेरि नजाने क्रम बढ्दै छ, जसले गर्दा नयाँ नोट छाप्ने आवश्यकता देखिएको छैन’, पौडेलले खबरहबसँग भने । छपाइ खर्चको कारण पनि नयाँ नोट नछापिएको, तर त्यो नै कारण मुख्य नभएको उनले बताए ।

गत वैशाख १९ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् बैठकले १०० रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा सहितको तस्बिर राख्ने निर्णय गरेको थियो ।

तर, आवश्यकता र मागका कारणहरूका आधारमा राष्ट्र बैंकले भने तत्काल बजारमा नयाँ नोट नल्याउने निर्णय गर्दा चुच्चे नक्सा सहितको नयाँ नोटका लागि नेपालीले अझै केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ ।

यो पनि-

राष्ट्र बैङ्कले दसैँमा नयाँ नोट नसाट्ने, सुकिला नोट दिने

 

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ७ : १० बजे

बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो

बागलुङ– शुक्रबार साँझ बागलुङको ढोरपाटन नगरपालिका– ५ अस्तु बतासेडाँडामा भएको

मण्डनदेउपुरका क्रसर र इँटा उद्योग बन्द 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकास्थित चार क्रसर तथा इँटा उद्योग बन्द

गुल्मीमा कफीका बिरुवाको माग बढ्दो

गुल्मी– बर्सातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक

इरानकाे जवाफी आक्रमणपछि इजरायलमा के भयो ?

काठमाडौं– इरानमा थप इजरायली आक्रमणपछि मध्यपूर्वको तनावले ठूलो युद्धको जोखिम

‘एक घर, एक धारा’ अभियान प्रभावकारी बन्दै

तनहुँ– तनहुँ र नवलपुर जिल्ला गरी ३० हजार ८२४ घरधुरीमा