रक्षामन्त्री पोखरेलले हेरे मिरूनाको ‘साइनो’ « Khabarhub

रक्षामन्त्री पोखरेलले हेरे मिरूनाको ‘साइनो’


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चलचित्र ‘साइनो’ हेरेका छन् । शुक्रबार चलचित्र टिमले आयोजना गरेको विशेष शो मा पोखरेलले चलचित्र हेरेका हुन् ।

चलचित्र हेरिसकेपछि मन्त्री पोखरेलले मन परेको प्रतिक्रिया दिए । ‘फिल्म हेन त मन लाग्छ तर समयमा पाइँदैन, यो फिल्म पनि भुवन दिदीको आग्रहमा हेर्न आएको हुँ,’ उनले भने ।

उनले चलचित्र ‘साइनो’ ले उठाएको सामाजिक कथा मन परेको प्रतिक्रिया दिए । ‘सामाजिक समस्यामा केन्द्रित भएर बनेको यो फिल्म राम्रो लाग्यो,’ उनले भने ।

विशेष शो मा अभिनेत्री भुवन थापा चन्द, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, कलाकार दीपाश्री निरौला, सरोज खनाल, नबल खड्का, मिरुना मगर, राज कुमार, निर्देशक रमेश थापा लगायतको उपस्थिति थियो ।

चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ । अभिमन्यु निरवीले लेखेको यो फिल्म आज शुक्रबारदेखि नेपालभर रिलिज भएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  २ : १८ बजे

धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन

दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष

आजको कार्टुन : प्रधानमन्त्रीको मुड !

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह जनताबाट टाढै रहन रुचाउँछन् । देशमा

जय श्रीराम र हरहर महादेव भन्दै सदनमा भाषण गरेका रहबर अन्सारीको आग्रह- धार्मिक द्वेष नफैलाऔँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले विभिन्न

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव