देशका सबै शहरमा हरियाली बढाइने | Khabarhub Khabarhub

देशका सबै शहरमा हरियाली बढाइने


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले देशभरका सबै शहरहरुमा हरियाली बढाइने बताएका छन् ।

सरकारले देशभरका शहरहरुलाई हरियालीयुक्त बनाउने अभियानलाई जोड दिएको मन्त्री बस्नेतको भनाइ छ ।

मन्त्री बस्नेतले वृक्षारोपण गरेर सरकारले विभिन्न धार्मिक स्थल, सहरहरुलाई हराभरा बनाउने कामलाई राष्ट्रिय अभियानकै रुपमा संचालन गरिरहेको पनि बताए ।

वनमन्त्री बस्नेतले पशुपति क्षेत्रको वातावरण संरक्षणमा जोड दिन पनि पशुपति क्षेत्र विकास कोषलाई आग्रह गरे ।

भू–संरक्षण दिवसको अवसर पारेर शुक्रबार पशुपति क्षेत्र परिसरमा आयोजित वृक्षारोपण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले बढ्दो सहरीकरणसँगै वातावरण संरक्षणको विषय चुनौतिको रुपमा उभिएको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकारले चालू आर्थिक वर्ष भित्र ५ करोड वृक्षारोपण गर्ने लक्ष्य लिएको पनि स्पष्ट पारे ।

मन्त्री बस्नेतले वातावरण संरक्षण विश्वभर चुनौतिको रुपमा देखिएको उल्लेख गर्दै ती समस्या समाधान गरेर अघि बढन सम्बन्धित सबै पक्ष अग्रसर हुनुको विकल्प नरहेको पनि बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  २ : १८ बजे

कीर्तिपुरमा बाघ भैरव जात्रा (तस्बिरहरू)

कीर्तिपुर– कीर्तिपुरमा आज बाघ भैरव जात्रा मनाइँदै छ । यो

कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण

झापा– झापाको कनकाई नगरपालिका– ४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह

स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ

एमाले विधान महाधिवेशनको तयारी तीव्र, १९ दिन बाँकी, २३ सय ९२ जना सहभागी हुने 

काठमाडौं– यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको

फेदीखोला हाइड्रोपावरले साधारण सेयर बिक्री गर्ने

काठमाडौं– फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख बराबरको