गोरखाको रुन्चेतगाउँ पुग्न भीर खोपेर झोलुङ्गे पुल बनाइँदै « Khabarhub

गोरखाको रुन्चेतगाउँ पुग्न भीर खोपेर झोलुङ्गे पुल बनाइँदै


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ मा पर्ने रुन्चेतगाउँ सडक सञ्जालबाट जोडिएको छैन । गाउँपालिकाको ३ नं वडामा पर्ने लुसीकाङगाउँबाट रुन्चेतगाउँ नजिक भए पनि त्यहाँ पुग्न घण्टौँ हिँड्नुपर्ने  बाध्यता छ ।

बुढीगण्डकी नदीका कारण रुन्चेतलुसीकाङ विकट भएका हुन् तर अब घण्टौँ हिँड्नुपर्ने बाध्यताबाट स्थानीय मुक्त हुँदैछन् । 

‘रुन्चेतलुसीकाङवासीको वर्षौँदेखिको समस्या समाधानका निम्ति भिर खोपेर कादुरी नेपाल संस्थाको सहयोगमा आगामी पाँच महिनाभित्रमा झोलुङ्गे पुल निर्माण पूरा गर्नेगरी काम सुरु भएको छ, धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भने, ‘करिब एक करोड ३३ लाखको लागतमा झोलुङ्गे पुल निर्माण थालिएको हो ।’

झोलुङ्गे पुल सञ्चालन भएपछि रुन्चेतवासी तीनघण्टाभन्दा समय हिँड्नुपर्ने बाध्यताबाट मुक्त हुने र एक घण्टामै गाउँ पुग्न सकिने अध्यक्ष गुरुङले बताए। पुल नहुँदा अहिले त्यस क्षेत्रका बासिन्दाले माछीखोला पारि भीरको बाटो प्रयोग गर्दै आएका छन् । 

गत फागुन १५ गतेदेखि तीव्ररूपमा निर्माणको काम अगाडि बढेको कादुरी नेपालका प्रोजेक्टका प्रबन्धक प्रदीपकुमार सिलवालले बताए। 

‘प्राविधिक तथा स्थानीयवासी अहिले भीरको ढुङ्गा फोर्न तल्लीन छन्, आगामी असार १ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ’, उनले भने। निर्धारित समयमा निर्माण सम्पन्न गर्न छ जना विज्ञसहितको टोली निर्माणस्थलमा खटिएको उनले बताए। 

पुल निर्माण गर्न स्थानीयवासीले एक लाख ७६ हजार बराबरको श्रमदान गर्नेछन् । पुल निर्माण भएपछि त्यस क्षेत्रका करिब तीन सयभन्दा बढी परिवार लाभान्वित हुनेछन् ।  

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ७ : २७ बजे

एशियन महिला छनोट : चीनमाथि नेपालको जित

काठमाडौं– नेपाली  महिला टोलीले एशियन गेम्स महिला छनोटअन्तर्गत चीनमाथि १९

अदालतमा गोला प्रक्रिया निरन्तर

काठमाडौं– सर्वोच्च अदालतले गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन प्रक्रियाबारे पुनर्विचार गर्ने सोच

ओली, लेखक र गुरुङलाई मानवअधिकार उल्लंघनको कारबाही गर्ने कानुन नै छैन

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस 

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले पूर्वसचिव तथा सोसल इन्फ्लुएन्सर भीम

आर्थिक सर्वेक्षण : शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौं– चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको कारोबार