‘डिग्री माइला’ को भव्य प्रिमियरमा जे देखियो… « Khabarhub

‘डिग्री माइला’ को भव्य प्रिमियरमा जे देखियो…


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौंदायाहाङको मुख्य भूमिका रहेको चलचित्र ‘डिग्री माइला’को प्रिमियर भव्य रुपमा सम्पन्न भएको छ । ९ सय भन्दा बढीले प्रिमियर शो हेरेको निर्माण पक्षको दाबी छ । 

प्रिमियरपछि फिल्मले राम्रो प्रतिक्रिया पाएको छ । विशेष गरी कलाकार बुद्धि तामाङको अभिनयले उत्कृष्ट प्रतिक्रिया पाएको छ । 

नायिका मिरुना मगरले भनिन्, ‘फिल्म राम्रो बनेको छ । सुरुमा हँसाए पनि अन्तिममा सोच्न वाध्य बनाउने कथा रहेछ ।’

फिल्ममा दयाहाङको भूमिका अपेक्षित रहेको धेरै कलाकारको प्रतिक्रिया छ । प्रिमियरमा नायक शिव श्रेष्ठ,  निर्देशक दिनेश डीसी, निर्देशक दीपाश्री निरौला, निर्देशक प्रदीप भट्टराई, नायिका झरना थापा,  नायिका प्रियंका कार्की, नायक आयुष्मान देशराज जोशी, मुकुन भुसाल,  कलाकार निर्मल शर्मा, विल्सन विक्रम राई लगायत उपस्थित थिए । 

यो फिल्मले पहिलो दिन शुक्रबार राम्रो व्यापार गरेको छ । ‘किन चाउरियो मरीच आफ्नै रागले’ स्लोगनका साथ निर्माण गरिएको यस फिल्ममा दयाहाङले डिग्रीको घमण्ड देखाएको देख्न सकिन्छ । घमण्डले नै उनी संकटमा परेको विषयलाई निर्देशक तथा लेखक रामबाबु गुरुङले रोचक ढंगले चित्रण गरेका छन् । 

फिल्ममा दयाहाङसहित नायिका आँचल शर्मा, ऋचा शर्मा, बुद्धि तामाङ, कमलमणि नेपाल माओत्से गुरुङ, प्रकाश घिमिरे, विजय बराल लगायतका कलाकारको अभिनय रहेको छ । 

बाँसुरी फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको निर्मातामा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र शुस्मा गुरुङ रहेका छन् । कार्यकारी निर्माता भने कृश लामा हुन् ।

हेर्नुहोस् प्रिमियरका केही तस्बिरहरू

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १२ : ५३ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा