दिनभरि कुर्दा पनि पानी नपरेपछि रोकियो ‘आमा’ को छायांकन « Khabarhub

दिनभरि कुर्दा पनि पानी नपरेपछि रोकियो ‘आमा’ को छायांकन


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘आमा’ निर्माण टिम छायांकनका लागि राजधानीको कोटेश्वरमा थियो । केही दृश्यका लागि आकाशबाट वास्तविक पानी पर्नुपर्ने थियो । दिनभरि कुर्दा पनि पानी नपर्दा छायांकन कार्य नै प्रभावित बनेको छ ।

बिहीबार त्रिभुवन विमानस्थलको रन वेमा पानी परे पनि कोटेश्वर चोकमा पानी नै परेन । पानी नपरेपछि छायांकन नै हुन नसकेको निर्माण टिमले जनायो ।

त्यसो त यसअघि पनि पानी नपर्दा फिल्मको छायांकन प्रभावित भएको थियो । समयसँगै बजेट लम्बिएको छ । तर काम हुन सकेको छैन ।
फिल्मका निर्देशक दीपेन्द्र के खनाल भन्छन्, ‘पानी पर्छ कि भनेर हामी राति २ बजेसम्म बस्यौँ, तर परेन ।’

निर्माण टिमका अनुसार यो फिल्मको आधाभन्दा बढी शूटिङ सकिएको छ । बाँकी रहेको ३५ प्रतिशत छायांकनका लागि झरी पर्नुपर्ने छ ।

असार १६ गतेबाट छायांकन शुरु भएको यो फिल्ममा मिथिला शर्मा र सुरक्षा पन्तले आमाछोरीको भूमिकामा अभिनय गरेका छन् । यो फिल्म फागुन ९ गतेदेखि प्रदर्शन हुने निर्माण टिमले जनाएको छ ।

फिल्मको छायांकनका लागि भने दैनिक २ लाख रुपैयाँ खर्च भइरहेको दीपेन्द्र के. खनालले बताए । क्लोज अप शट लिन त नक्कली पानी पार्न पनि सकिन्थ्यो तर वाइड शट लिँदा प्रभावकारी हुँदैन कि भनेर वास्तविक पानी परेका बेलामा छायांकन गर्न खोजिएको उनले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ४ : ५४ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि