बाढीग्रस्त रूसी सहरका नागरिकलाई स्थानान्तरण गर्न निर्देशन « Khabarhub

बाढीग्रस्त रूसी सहरका नागरिकलाई स्थानान्तरण गर्न निर्देशन


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मस्को – रूसको ओरेनबर्ग शहरमा शुक्रबार आएको ‘घातक’ बाढीपछि युराल नदीमा पानीको बहाव बढ्दै जाँदा ’ठूलो सङ्ख्यामा मानिसहरूलाई अन्यत्र स्थानान्तरण’ गर्न बाध्य पारिएको रूसी मेयरले बताएका छन् ।

तीव्र गतिमा बढिरहेको तापक्रमले हिउँ र बरफ पग्लेको छ र भारी वर्षाका कारण रूस र कजाकिस्तान पार गर्ने थुप्रै प्रमुख नदीहरू उर्लेका छन् ।“शहरमा साइरन बजिरहेको छ,” ओरेनबर्गका मेयर सर्गेई साल्मिनले टेलिग्राममा भने, “यो कुनै कसरत होइन ।”

उनले भने “सामूहिक उद्धार कार्य जारी छ । अवस्था ज्यादै दयनीय छ, समय खेर नफाल्नुहोस् । शहरका धेरै जिल्लाका मानिसहरूलाई खाली गर्न आह्वान गर्दछु ।”

युराल नदीमा आस्र्कको अधिकांश भागमा बाढी आएको छ र क्षेत्रीय राजधानी ओरेनबर्गले नदीमा बढ्दो पानीको वहावको लागि तयारी गरिरहेको छ ।यस सहरको जनसङ्ख्या लगभग पाँच लाख ५० हजार रहेको छ ।

“पछिल्लो १० घण्टामा युराल नदीमा पानीको सतह ४० सेन्टिमिटर (१५.७ इन्च) ले बढेको छ,” साल्मिनले भने ।अधिकारीहरूले ओरेनबर्गका करिब दुई हजार ५०० घरहरू पानी र लगभग पाँच हजार प्रभावित व्यक्तिहरूलाई बताएका छन्।

रुसको सरकारी सञ्चारमाध्यममा सार्वजनिक भएका तस्बिरमा युरोप र एसियाको सिमानामा रहेको एक स्मारकतर्फ जाने गल्लीमा बाढी पसेको र बत्तीका खम्बाहरू आंशिक रूपमा डुबेको देखिएको छ । उनीहरूले धेरै घरहरूमा डुबान भएको पनि देखाएका छन् ।

पश्चिमी साइबेरियामा इशिम नदी पनि खतरनाक स्तरमा पुगेको टियुमेन क्षेत्रका अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले इशिम र तोबोल नदी अप्रिल २३–२५ को आसपासमा मात्र चरम बिन्दुमा पुग्ने अनुमान गरेका छन् ।

एक क्षेत्रीय अधिकारी सर्गेई बालिकिनले आरआईए नोभोस्ती राज्य समाचार संस्थालाई बताए अनुसार ओरेनबर्गमा शिखर शुक्रबार वा शनिबार मात्र आउनेछ ।रूसले ओरेनबर्ग क्षेत्रका करिब १० हजार मानिसलाई पानीको बहावबाट सुरक्षित स्थानमा सारेको छ ।

कुर्गान र टोम्स्क क्षेत्रमा पर्ने कैयौँ गाउँलाई पनि खाली गराइएको छ ।अधिकारीहरूले भने बाँध भत्किएपछि नराम्ररी प्रभावित भएको ओस्र्कको स्थितिमा सुधार आएको बताएका छन् । उनीहरूले पानीको सतह फेरि घट्दै गएको बताएका छन् ।

कजाकिस्तानले ९६ हजार भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ भने पेट्रोपाभलोभ्स्क शहर पनि बाढीको सबैभन्दा खराब अवस्थाको सामना गरिरहेको छ ।विज्ञहरूका अनुसार विश्वमा उच्च तापक्रमका कारण भारी वर्षा, बाढी र डुबानका घटना देखिए पनि विश्वव्यापी तापक्रमबीच कुनै प्रत्यक्ष सम्बन्ध छैन ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १० : ०४ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने