आईपिएल : लखनउमाथि दिल्लीको शानदार जित « Khabarhub

आईपिएल : लखनउमाथि दिल्लीको शानदार जित


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले शानदार जित निकालको छ। लखनउ सुपर जाइन्टमाथि दिल्लीले ६ विकेटको जित निकालेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको लखनउले ७ विकेटको क्षतिमा १६७ रन बनाएको थियो। १६८ रनको चुनौती पाएको दिल्लीले १८.१ ओभरमा ४ विकेटको क्षतिमा १७० रन बनाउँदै ६ विकेटको शानदार जित निकालेको हो।

दिल्लीको जितका लागि जेक फ्रेजर म्याकगुर्कले अर्धशतकीय इनिङ खेले। उनले ३५ बलमा ५५ रन जोड्दा कप्तान ऋषभ पन्तले ४१ रन बनाए। ओपनर पृथ्वी शा ३२ रन बनाएर आउट हुँदा डेबिड वार्नरले ८ रनमात्र जोडे। दिल्लीका ट्रिस्टन स्टब्स र साई आशा नटआउट १५ र ११ रनमा समेटिए।

दिल्लीलाई रोक्न लखनउका लागि रवि विश्नोईले दुई विकेट हात पारे भने यश ठाकुर र नवीन उलहकले समान एकएक विकेट लिए।

सुरुमा ब्याटिङ गरेको लखनउका लागि आयुष बडोनीले नटआउट अर्धशतकीय इनिङ खेले। ३५ बलमा उनले ५५ रन पुरा गरेका हुन्। कप्तान केएल राउलले २२ बलमा ३९ रन बनाए। आदर्श खानले नटआउट २० रन बनाउँदा क्विन्टन डि ककले १९ रन जोडे।

लखनउलाई सस्तैमा समेट्न दिल्लीका लागि कुलदीप यादवले तीन विकेट लिए। उनी खेलको म्यान अफ द म्याच बने। खलील अहमदले दुई विकेट हात पार्दा ईशान्त शर्मा र महेश कुमारले एकएक विकेट लिए।

शुक्रबारको खेलमा विजयी भएसँगै दिल्लीले ६ खेलमा दुई जितसहित ४ अंक जोडेको छ। दिल्ली अन्तिमबाट दोस्रो स्थानमा छ। पाँच खेल खेलेको लखनउ तीन जितसहित ६ अंकका साथ तालिकाको चौंथो स्थानमा छ।

आईपिएल अन्तर्गत शनिबार एक खेल हुँदैछ। साँझ ७:४५ मा हुने खेलमा पञ्जाब किंग्स र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ६ : १० बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद