पाकिस्तानी विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु « Khabarhub

पाकिस्तानी विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले ११ जनाको हत्या गरेको अधिकारीहरूले शनिबार बताएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार राति ८ बजेतिर बलुचिस्तान प्रान्तको नौस्की शहरनजिकै छ जना बन्दुकधारीले एउटा बस रोकेरे परिचयपत्र जाँच गरी पञ्जाबको पूर्वी क्षेत्रका नौ जना कामदारलाई अपहरण गरेको प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरीका वरिष्ठ अधिकारी अल्लाह बख्शले भने, ‘राजमार्गबाट दुई किलोमिटर टाढा गोली लागेको अवस्थामा उनीहरूको शव फेला परेको थियो आक्रमणकारीले पछि प्रान्तीय सांसदको कारलाई लक्षित गरी गोली चलाएको बख्शले बताए। गोली चल्दा गाडीमा सांसद नरहेको बुझिएको छ । आक्रमणपछि कार सडक नजिकैको खाल्डोमा खस्दा दुई जनाको मृत्यु भएको हो ।’

नौश्की जिल्ला प्रशासनका वरिष्ठ अधिकारी हबिबुल्लाह मुसाखाइलले भने, ‘प्रहरी र अर्धसैनिक बलले आक्रमणकारीलाई पक्राउ गर्न त्यस क्षेत्रमा खोजी कार्य सुरु गरेका छन् तर आक्रमणकारीहरू यस पटक त्यस क्षेत्रबाट भाग्न सफल भएका छन् ।’

बख्शले बन्दुकधारीहरूले ‘बलोच पृथकतावादीहरूको कार्यप्रणाली स्पष्ट रूपमा प्रयोग गरेको’ र आक्रमणको पछाडि कसको हात थियो भन्ने पुष्टि गर्न अनुसन्धान सुरु गरिएको बताए।

पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब प्रान्त बलुचिस्तानमा जातीय पृथकतावादीहरूले दशकौँ लामो विद्रोह गर्दै आएका छन् ।

लडाकुहरूले विगतमा पाकिस्तानका अन्य स्थानका जातीय पञ्जाबी र सिन्धीहरूलाई लक्षित गरेका थिए, साथै विदेशी ऊर्जा फर्महरूले यस क्षेत्रको धनको साझेदारी नगरी यस क्षेत्रको दोहन गरिरहेको उनीहरूको भनाइ छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शुक्रबार राति भएको आक्रमणलाई ‘आतंकवादको घटना’ को संज्ञा दिँदै ‘सहजकर्तालाई दण्डित गरिने’ बताएका छन् ।

गत वर्ष अक्टोबरमा बन्दुकधारीले निजी आवास निर्माण गरिरहेका छ जना पञ्जाबी मजदुरको हत्या गरेका थिए ।

गत महिनाको अन्त्यतिर यस क्षेत्रमा चीनको लगानीको आधारशिला मानिएको बन्दरगाहको कार्यालयमा आक्रमण गर्ने क्रममा आठ जना बलोच लडाकू मारिएका थिए । आक्रमणको क्रममा दुई जना पाकिस्तानी सैनिकको मृत्यु भएको सेनाको जनसम्पर्क शाखाले जनाएको छ ।

पाकिस्तानी सुरक्षा बल पृथकतावादीहरूको सबैभन्दा बढी निशानामा परेको छ । बलोच लडाकूले आफ्नो समुदायलाई उनीहरूको प्रतिरोधको बदलाको रूपमा गैरन्यायिक हत्या र बेपत्ता पार्ने गरेको दाबी गर्छन् ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  २ : २३ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने